मल किन्न भारत जाँदा पक्राउ परेका दुई किसान धरौटीमा रिहा

158 Shares

असार १७ गते रासायनीक मल खरिद गर्न भारतको सोनवरसा गएर सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेका दुई नेपाली दाजुभाई रिहा भएका छन्।खेतीको समय सुरु हुँदा समेत रासायनीक मल नेपालमा नपाएपछि मल किन्न भारत पुगेका सर्लाहीको बलरा नगरपालिका–५ का सुरेश प्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न भारतीय अदालतले आदेश दिएपछि उनीहरु रिहा भएका हुन ।
बुधबार अदालतबाट दुवै जनालाई धरौटीमा छाड्ने आदेश आएको सुरेश प्रसादका छोरा अविनाश सिंहले जानकारी दिए।“धरौटीमा छाड्न आदेश दिएको छ।भारतकै आधार कार्ड भएका दुई जना साक्षी बसेपछि बिहीबार उनीहरु छुटछन्।”अविनाशले बताए ।उनका अनुसार सुरेश प्रसाद र नागेन्द्र प्रसाद गत असार १७ गते भारतको सीतामढी जिल्लास्थित सोनबर्षा बजारबाट डिएपी र युरिया मल लिएर घर फर्किने क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)लेपक्राउ गरेको थियो ।
असार १८ गते जेल चलान भएका उनीहरूको रिहाइका लागि दर्ता भएको निवेदनमाथि साउन १५ गते सुनुवाइ हुने तय भए पनि न्यायाधीश बिदामा बसेका कारण बुधबार मात्र सुनुवाइ भएको हो।उनीहरुले भारत सरकारले अनुदानमा किसानका लागि दिएको रासायनीक मल खरिद गरेर नेपाल तर्फ ल्याउँदै गर्दा उक्त कार्य गैर कानूनी भएको भन्दै एसएसबीले नियन्त्रणणमा लिएको जनाएको छ ।

सम्बन्धित समाचार