नेकपा प्रदेश इन्चार्ज विरहीद्धारा देवकी माथि श्रदान्जली व्यक्त

313 Shares

नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन जनकपुर ब्युरो सदस्य साहसलाई मातृ शोक परेको छ । धनुषाको उमाप्रेमपुर निवासी साहसकी आमा देवकी देवीको आईतबार ७५ वर्षको उमेरमा निधन भएको हो।तीन छोरा रहेकी देवकी देवीका माईलो छोरा साहस राजबन्दीको रूपमा विगत छ वर्षदेखि जेलमा रहेका छन् भने जेठाछोरा रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाल कम्युनिष्ट पार्टी मधेश प्रदेशका कार्यालय सचिव तथा केन्द्रीय सदस्य पवन महतोले जानकारी दिए ।

WhatsApp Image 2025-05-13 at 8.54.51 PM (1).jpeg
उनका अनुसार साथमा कान्छा छोरा रहेका भएपनि रोजगारीको सिलसिलामा भारतमा  रहेका जेठा छोरासमेत आएर देवकी देवीलाई दाग वत्ति दिएका थिए।भने नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम मधेश प्रदेश इन्चार्ज अनिल शर्मा(विरही)ले पार्टीको झण्डा ओढाएर हार्दिक व्यक्त गरेका थिए ।देवकीको पार्थिव शरिरलाई श्रदान्जली दिन नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सिला यादव,रामकुमार यादव र पोलिट ब्युरो सदस्य देव नारायण साह लगायत नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको नेपाल कम्युनिष्ट पार्टी मधेश प्रदेशले जनाएको छ ।

सम्बन्धित समाचार