सिन्धुलीको मरिण गाउँपालिकामा भूमि प्रशासन तथा नापी शाखाबाट प्रदान गरिने सेवा तथा काम कारबाही औपचारिक रूपमा शुरु भएको छ।संघीय सरकारको निर्देशन अनुसार मरिण गाउँपालिकाले भूमि प्रशासन सम्बन्धी सेवा सुरु गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले जानकारी दिए ।
उनका अनुसार मालपोत अधिकृत मधु लाखे,जिल्ला तथा सम्बन्धित कार्यालयबाट उपस्थित कर्मचारीहरू,सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि र गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो ।भूमि प्रशासन तथा नापीसम्बन्धी सेवा लिन सेवाग्राहीहरूलाई अन्य कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम हुने तथा आफ्नै स्थानीय तहबाट सहज,सरल र प्रभावकारी रूपमा सेवा प्राप्त गर्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष मोक्तानले बताए ।