सर्लाहीको हरिवन स्थित रहेको इन्दु शंकर चनी उद्योगले उखु किसानलाई रु ६० करोड भुक्तानी दिएको छ।पुसको पहिलो साताबाट चालु सिजनको क्रसिङ सुरु गरेको उद्योगले उद्योगलाई उखु बिक्रि गरेका किसानहरुलाई माघ २ गतेसम्म रु ६० करोड भुक्तानी गरिएको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिए ।उनका अनुसार माघ ६ गते सम्म ११ लाख ७४ हजार चार सय क्विन्टल उखु क्रसिङ गरेको उद्योगले उखु उत्पादक किसानहरुलाई उखु लिएको एक हप्ताभित्रै भुक्तानी दिइरहेको छ ।

नेपालका चिनी उद्योगहरु मध्य समयमै किसानहरुलाई उखुको रकम भुक्तानी गरी फरक पहिचान बनाएको उद्योगले यस वर्ष गत वर्षको भन्दा करिब छ लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने उद्योगले लक्ष्य राखेको उद्योगका प्रशासकीय प्रवन्धक ठाकुर प्रसाद नेपालले बताए।उनका अनुसार उद्योगले उखु उत्पादक किसानहरुलाई प्रोत्साहन गर्न उन्नत जातको उखुको बीउ प्रदान गर्ने,माटोको परीक्षण गर्ने,उपकरण हस्तान्तरण र किसानहरुले उत्पादन गरेको उत्कृष्ण भएको क्षेत्रको स्थलगत अवलोकन गराउनुका साथै उत्पादन बढाउन आधुनिक प्राविधि र तरिका समेत सिकाउने काम गरि रहेको छ ।