प्रथम मरिण गोल्डकपको उपाधि बागमती युवा क्लब सर्लाहीको हातमा

404 Shares

सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना भएको प्रथम मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सर्लाहीको बागमती युवा क्लबले हात पारेको छ।मरिण गाउँपालिका २ मुङ्ग्रे खेलमैदानमा भएको फाईनल खेलमा आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लवलाई ४–३ गोलअन्तरले पराजित गर्दै बागमती युवा क्लवले उपाधी हात पारेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट विजेता र उपविजेताको छिनोफानो गरिएको थियो।जितसँगै बागमती युवा क्ललले नगद रु तीन लाख सहित शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गरेको बागमती युवा क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।
प्रतियोगिताको आयोजक मुङ्ग्रे युनाईटेड युवा क्लव उपविजेता भएको छ। मुङ्ग्रे युनाईटेड युवा क्लवले नगद रु एक लाख ५० हजार सहित शिल्ड,मेडल र प्रमाण–पत्र हात पारेको मुङ्ग्रे युनाईटेड युवा क्लबका अध्यक्ष ज्ञान बहादुर मुक्तानले बताए।उनका अनुसार प्रतियोगितामा बागमतीका गोलरक्षक अनिष महतो अन्तिम खेलको म्यान अफ दि म्याच घोषित भएका छन् ।
अन्य विधातर्फ राईजिङ प्लेयर जनहितैषी युवा क्लबका बिशाल मोक्तान,सर्वाधिक गोलकर्ताको पुरस्कार एन्फा मकवानपुरका ललित चौलागाई र बागमती गाउँपालिका,मकवानपुरका श्री मगरले संयुक्त रुपमा हात पारेका आयोजकले जनाएको छ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बागमती युवा क्लबका आयुष राना मगर घोषित भएका छन् ।
प्रतियोगिताका विजेता र उपविजेतालाई मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात) र उपाध्यक्ष विमला माझीले संयुक्तरुपमा पुरस्कार वितरण गरेका हुन।सर्वोत्कृष्ट खेलाडीले नगद रु १० हजार,सर्वाधिक गोल गर्ने खेलाडीलाई रु पाँच हजार र स्थानिय उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।प्रतियोगितामा सिन्धुली,सर्लाही र मकवानपुर लगाएत जिल्लाहरुबाट नौ वटा टिमले सहभागीता जनाएका थिए।मरिण गाउँपालिका लगायत अन्य पालिकाहरुको आर्थिक सहयोगमा प्रतियोगिता संचालन गरिएको हो ।
मोफसलमा रहेर धेरै ठाउँमा भएका ए डिभिजन लिगका क्लबहरुलाई पराजित गरेको बागमती युवा क्लब पछिल्लो समय मोफसलको राम्रो चर्चाको क्लब बनेको क्लबका अध्यक्ष किस्मत राज मैनालीले बताए । उनका अनुसार आफ्नै खेल मैदान सहित एकेडेमिक बागमती युवा क्लब पछिल्लो समय सि डिभिजन लिगको क्वालिफार्यस समेत बनेको छ । 

सम्बन्धित समाचार