सर्लाहीको इश्वरपुर नगरपालिका १३ बाट चोरीको मोटरसाईकल सहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।उनका अनुसार लालबन्दी नगरपालिका १७ बाट एउटा मोटरसाईकल हराएको र खोजी गर्ने क्रममा इश्वरपुर नगरपालिका १३ स्थित श्रीनगरबाट मोटरसाईकल सहित स्टिलको दराज भित्र लुकेर बसेका एकजना मोटरसाईकल चोरलाई पक्राउ गरिएको हो ।
इश्वरपुर नगरपालिका १३ को १२ नम्बर टोलका अन्दाजी वर्ष २८ का रामकरण महतोको घरबाट चोरीको मोटरसाइकल सहित मोटरसाइकलका विभिन्न नम्बर प्लेटहरु,ट्याङ्कीहरु लगायत विभिन्न पार्टपुर्जाहरु बरामद् गरिएको प्रहरीले जनाएको छ ।महतोले चोरी भएको मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरि बेच बिखन गर्ने आशंकामा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।