कक्षा ११ र १२ को मौका परीक्षा असोज ७ र ८ गते

350 Shares

स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षा असोज ७ र ८ गते हुने भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा“जेनजी”आन्दोलन हिंसात्मक बन्दा स्थगित भएकोे थियो।तर कक्षा ११ र १२ को पुरक परीक्षा यही असोज ७ र ८ गते हुने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।त्यस्तै, एक विषय मात्र परीक्षामा सहभागी हुने विद्यार्थीले सोही दिन आफ्नो विषयको परीक्षा दिनेछन् भने दुई विषयमा सहभागी हुने विद्यार्थीले सानो कोड भएको विषयको परीक्षा त्यही दिन दिनुपर्नेछ।तर,अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय परीक्षा दिने विद्यार्थीले भने पहिलो दिन अंग्रेजी र दोस्रो दिन अर्थात् असोज ८ गते नेपाली विषयको परीक्षा दिनुपर्ने छ ।
असोज ८ गते भने दुई विषय परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा तोकिएको छ।तर अंग्रेजी विषय भने पहिलो दिनमै हुने भएकाले दोस्रो दिन अंग्रेजीको परीक्षा रहने छैन।यसरी स्थगित परीक्षा तालिका सार्वजनिक भएपछि विद्यार्थीहरूमा पुनः तयारीको वातावरण बनेको छ ।परीक्षा समयमा शान्तिपूर्ण र सहज ढंगले सम्पन्न गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार