नेपाली कम्युनिष्ट पार्टी सर्लाहीले जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नामावली छनोट गरेको छ।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी सर्लाहीको मलंगवामा बसेको पार्टीको बैठकले उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो ।
जसमा सर्लाही क्षेत्र नम्बर १ मा लुमणी धिमाल (लोचन),राधेश्याम पासवान,रंजित साह,सुभास राज काफ्ले,प्रमोद साह र बेची लुङ्गेलीको नाम प्रत्यक्ष तर्फ घोषणा गरिएको छ ।
सर्लाही क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव,दिनेश राय यादव,रामेश्वर प्रसाद यादव र अशोक कुमार यादव तथा सर्लाही क्षेत्र नम्बर ३ मा नारायण काजि श्रेष्ठ (प्रकाश),रामेश्वर राय यादव,राजकुमार राय यादव,अशोक यादव,डा.सियाराम कुशवाहा,विश्वनाथ साह र श्यामबाबु यादवका साथै सर्लाही क्षेत्र ४ का डा.अवनिस यादव र डा.रजनिस यादवलाई प्रत्यक्ष तर्फ उम्मेदवार घोषणा गरिएको नेपाली नेपाली कम्युनिष्ट पार्टी सर्लाहीले जनाएको छ ।
जिल्लाले तयार पारेको उम्मेदवारहरुको नामावली प्रदेश कमिटि हुँदै केन्द्रीय कमिटिमा जाने र प्रत्येक निर्वाचन क्षेत्रबाट युवा,महिला तथा अन्य गरी कमसेकम पाँच जनाको नाम सिफारिस गर्न केन्द्रको निर्देशन रहे अनुसार प्रत्यक्ष तर्फ नामावली संकलन गरिएको नेपाली कम्युनिष्ट पार्टी सर्लाहीका एक नेताले बताए ।उनका अनुसार समानुपातिक तर्फ धेरै जनाको नामावली रहेकाले केही संसोधन गरेर सार्वजनिक गरिने छ ।