Close This

लालबन्दी १६ मा भएको पाँचौ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक लालबन्दी १६ लाई,लालबन्दी ६ उप विजेता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१५ गते   १५५५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा असोज ५ गतेबाट भएको पाँचौ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लालबन्दी नगरपालिका १६ ले हात पारेको छ ।
लालबन्दी नगरपालिका १६ परवानीपुरमा हरेक वर्ष सञ्चालन भएको पाँचौँ  वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको पाँचौं संस्करणको उपाधि आयोजक लालबन्दी नगरपालिका १६ ले हात पारेको छ ।
शनिबार दिउँसो भएको अन्तिम खेलमा लालबन्दी नगरपालिका ६ लाई २ गोल अन्तरले आयोजक लालबन्दी नगरपालिका १६ ले उपाधि हात पारेको हो भने लालबन्दी नगरपालिका ६ ले उप–विजेतामा चित्त बुझाएको छ । सेमिफाइनलको खेलमा लालबन्दी नगरपालिका ३ लाई हराउँदै लालबन्दी १६ फाईनलमा पुगेको थियो भने लालबन्दी ४ लाई हराउँदै लालबन्दी ६ फाईनलमा पुगेको थियो ।
लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले विभिन्न वडा प्रतिनिधि, खेलप्रेमी, खेलकुदसँग सम्बन्धित ब्यक्तित्वहरु र स्थानीयको बाक्लो उपस्तिथिका बिच असोज ५ गते पाँचौ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गरेका थिए ।
पाँचौ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको विजेता आयोजक लालबन्दी नगरपालिका १६ ले रु ७० हजार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप–बिजेताले लालबन्दी ६ ले रु ३५ हजार,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको सह आयोजक मिरमिरे युवा क्लबका अध्यक्ष रमेश कुमार गुर्मछान मगरले जानकारी दिए ।
नेपालीहरुको महान पर्व बढादशैँ,शुभ दिपावली तथा छठ पर्वको अवसरमा लालबन्दी नगरपालिका १६ को आयोजना एवम मिरमिरे युवा क्लब लालबन्दी नगरपालिका १६ को सह आयोजनामा असोज ५ गतेबाट सुरु भएको प्रतियोगिता असोज १५ गते शुक्रबार सम्म भएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिए ।
१० दिन सम्म सञ्चालन भएको प्रतियोगितामा लालबन्दी नगरपालिकाका १७ वटै वडाहरुबाट १÷१ वटा टिमको सहभागीता रहेको आयोजक लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष थापाले बताए  ।  
प्रतियोगीताका विजेता तथा उप विजेतालाई लालबन्दी नगरपालिकाकी उप प्रमुखकल्पना माया पाख्रिङले रकम,शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरेकी स्थानिय सहकर्मी राजेश थापाले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech