Close This

तिनपाटन गाउँपालिकामा बिपन्नको राहत जनप्रनिधिले नै राखे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२४ गते   ४०० पटक हेरिएको

सिन्धुलीको तिनपाटन गाउँपालिकामा लक्षित बर्गलाई आएको राहत जनप्रतीनधि लगाएत सरकारी जागिरेले समेत राखेको आरोप लागेको छ ।
तिनपाटन गाउँपालिका ७ मा दैनीक ज्यालादारी गरीखाने गरिव तथा बिपन्न घरपरिवारलाई आएको राहत वडा अध्यक्ष कोमल बहादुर खपाङ्गीको रोहबरमा मनोमानी ढङ्गले वितरण गरीएको आरोप लागेको हो ।
वडाको जनप्रतिनिधि फडिन्द्र पुलामी, उपमान श्रेष्ठ र तुलसा विकले लक्षित बर्गलाई आएको राहत लिएको खुलेको हो । त्यस्तै सरकारी कर्मचारी प्रा.वि.का शिक्षक केशब पुलामी र भोज बहादुर सार्कीले पनि राहत लिएको खुलेको छ ।
गाउँपालिकाबाट जम्मा १ सय ४९ घर परिवारलाई राहत दिन योग्य भनेर नाम लिस्ट आएको भए पनि १ सय ४९ घर परिवारलाई गाउँपालिकाले निधारर्ण गरीएको अनुसार राहत वितरण नगरीएको स्थानीय युवराज पहाडीले आरोप लगाएका छन  ।
पालिकाबाट १ सय ४९ जनालाई भनेर आएको राहत वडाको ३ सय ८० घरपरिवारलाई बितरण गरीएको पहाडीले जानकारी दिएका हुन ।राहतमा गाउँपालिकाबाट प्रति लक्षित घर २५ किलो चामल, १ लिटर तेल, २ प्याकेट खाने नुन र २ किलो दाल बितरण गर्ने भएपनि ७ नम्बर वडामा ९ किलो चामल र अन्यपनि त्यसैको आधारमा बितरण गरिएको स्थानीएको गुनासो छ ।
जनप्रतिनिधि र सरकारी कर्मचारीलाई राहत वितरण नगरीएको वडा अध्यक्ष खपाङ्गीले बताए । गाउँपालिकाबाट छनौट भएर आएको १ सय ४९ घरपरिवारलाई नै सोहि अनुसार राहत बितरण गरीएको वडा अध्यक्ष खपाङ्गीले बताएका छन ।http://hamrosindhuli.com

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech