Close This

संरक्षकको अभावमा जेष्ठ नागरिक आवाश भवन अलपत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१६ गते   ३३२६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका–१ कैलाशपुरीमा निर्मित जेष्ठ नागरिक आवाश भवनको चावीे बुझ्न हरिवन नगरपालिकाले अस्वीकार गरेको छ ।  चुरे क्षेत्रमा अवस्थित ऐतिहासिक कैलाशपुरी मन्दिर परिसरमा सहरी विकास तथा भवन निर्माण विभागको करिब तीन करोड ५० लाखको लागतमा निर्माण भएको जेष्ठ नागरिक आवाश भवनको चावी बुझ्न हरिवन नगरपालिकाले अस्विकार गरेको हो । 
विभागले आवशको चावी हस्तान्तरण गर्न बोलाएको कार्यक्रममा नगरका जनप्रतिनिधिहरु नै अनुपस्थित भएपछि विभागले चावी बुझाउन नपाएको हो । जसका कारण भवन हस्तान्तरण कार्य नै स्थगीत भएको छ । प्रदेश २ सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले भवन बुझिलिनु भनेर पत्र पठाए पनि नगरपालिकाले त्यसलाई बेवास्ता गरेको स्थानियको आरोप छ । नगरका जनप्रतिनिधिहरुको राजनीतिक पूर्वाग्रहले काम गरेको स्थानियको आरोप छ ।
नगरपालिकाले पहिलै चावी बुझ्नु पर्ने के कारणले बुझि रहेको छैन त्यो आफुहरुले पनि नबुझेको  स्थानिय चेडामणी वाग्लेले बताउनु भयो । उहाँका अनुसार कित नगरपालिकाले नबुझ्नुको कारण सार्वजनिक गर्नु पर्ने हो । जेष्ठ नागरिक आवाश गृहको रुपमा प्रयोग गर्न नसक्ने अवस्था आएमा अरु प्रयोजनमा समेत ल्याउन सकिने सो भवन यथासिघ्र नगरपालिकाले बुझ्नु पर्ने वाग्लेको भनाई छ ।
नागरिकले प्रत्यक्ष महसुस गर्ने खालका विकास निर्माणमा ध्यान दिन नसकेको हरिवन नगरपालिका अरुले बनाइ दिएको भवन लिने समेत तागत देखाउन नसकेको भन्दै चौतर्फि आलोचना समेत भएको छ । कसले र किन भवन बनायो, कसलाई र किन हस्तान्तरण गर्न खोजिएको हो, सोविषयमा आफुहरुलाई जानकारी नभएको भन्दै जनप्रतिनिधिहरु पन्छिने गरेका छन् ।
आफुहरुले नै जेष्ठ नागरिक भवन निर्माणका लागि पहल गरेको र लिखित माग समेत गरेको नगर उप प्रमुख रेणुका कुमारी पौडेलले बताउनु भयो । ठेक्का लागत,स्टिमेट,ठेकेदार कम्पनी,निर्माण सुरु,सम्पन्न र गुणस्तरियाताको विषयमा आफुहरुलाई जानकारी नगराएको कारण आफुहरुले चावी नबुझेको नगर उप प्रमुख पौडेलले बताउनु भयो । 
हरिवन नगरपालिका १ मा निर्माण भएको जेष्ठ नागरिक आवाशको कम्पाउण्डसहित निर्माण गरिएको सुविधा सम्पन्न भवनमा १८ वटा कोठा रहेका छन्। जसलाई ‘सुखी जेष्ठ नागरिक आवाश’ को नाम दिईएको छ । नगरका जेष्ठ नागरिकहरुलाई व्यावस्थापन गर्न भन्दै तयार पारिएको जेष्ठ नागरिक आवाश भवन कसैले जिम्मा नलिँदा अहिले संरक्षकको अभावमा अलपत्र जस्तै भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech