फुलजोर बाबा साझेदारीको साधारण सभाको उद्धघाटन सत्र सम्पन्न,समिति चयनका लागि चुनाव हुने

110 Shares

सर्लाहीको फुलजोर बाबा साझेदारी वन उपभोक्ता समुहको सञ्चालक समिति चयनका लागि चुनाव हुने भएको छ।जिल्लाका पाँचवटा स्थानीय तहहरुका ४७ वटा वडामा फैलिएको फुलजोर बाबाको शुक्रबार९आज०भएको तेस्रो साधारण सभामा सहमति नभए पछि चुनावी प्रकृयाबाट समिति चयन गर्ने तयारी भएको निर्वाचन समितिका सदस्य रमेश कुमार न्यौपानेले जानकारी दिए ।उनका अनुुसार पाँचवटा स्थानीय तहहरुका ४७ वटा वडाबाट तीन सय ८१ जना पदाधिकारी एवम सदस्यका लागि तीन सय २९ जनाले मतदाता गर्ने,पाँच वटा स्थानीय तहहरुबाट पाँच जना र ४७ जना वडा अध्यक्षहरुले तोकेका ४७ जना गरि कुल तीन सय ८१ जना चयन हुने छन् ।
विभिन्न कारणले यस अघि हुन नसकेको साधारण सभा शुक्रबार९आज० भए पनि सहमति नभए पछि शनिवार चुनाव गर्ने तयारी गरिएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमदले बताए ।उनका अनुुसार ९शुक्रबार०उम्मेदवारी दर्ता तथा दावी विरोध हुने छ भने शनिवार चुनाव हुनेछ ।मधेश प्रदेश सरकारकी वन तथा वातावरण राज्य मन्त्री रन्जु कुमारी मण्डल९खङग्०को प्रमुख आतिथ्यतामा भएको इश्वरपुर नगरपालिका ६ स्थित नारायण जनता मा।विमा भएको कार्यक्रमको जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको अध्यक्षता रहेको थियो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्यद्धय जंगिलाल राय यादव र उपेन्द्र महतो,प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी,प्रदेश वन निर्देशनालयका निर्देशक जगर नाथ जयसवाल,जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुमार महतो लगायतको आतिथ्यता रहेको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सूचना अधिकारी एवम सहायक वन अधिकृत राकेश रन्जन दासले जानकारी दिए ।उनका अनुसार जिल्लामा रहेका तीन वटा साझेदारी वन उपभोक्ता समुहहरु मध्य जानकीनगर साझेदारी वन उपभोक्ता समुह र लालबन्दी साझेदारी वन उपभोक्ता समुहको साधारण सभा यस अघिनै सम्पन्न भई सकेको छ ।

 

सम्बन्धित समाचार