जिल्लाको कौडेना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा रूपेश कुमार र उपाध्यक्षमा नगिना देवी विजयी भएका हुन । ।गाउँपालिका अध्यक्षको लागि रुपेशले ५ हजार २ सय ८१ मत ल्याउँदै विजयी हुँदा उहाँका निकटम् प्रतिद्वन्दी जसपाका राज नन्दन प्रसादले २ हजार ४ सय ४१ मत प्राप्त गर्नुभयो । यसैगरी अध्यक्ष पदमै लोसपाका रामप्रसाद राय यादवले २ हजार ६५, जनमत पार्टीकी सावित्री धितालले ७ सय ६८, नेकपा(माओवादी केन्द्र)का महादेव साहले ७ सय १८ मत प्राप्त गर्नुभयो ।
गाउँपालिकाकै उपाध्यक्षमा नेपाली कांग्रेसकी नगिना देवीले ४ हजार ९ सय ६३ मत प्राप्त गर्दा उहाँकी निकटतम प्रतिद्वन्दी जसपाकी पलवी देवी यादवले २ हजार ६ सय ६२ मत ल्याउनु भयो । गाउँपालिका उपाध्यक्षकै लागि लोसपाकी बिन्दु कुमारी यादवले २ हजार १ सय ४४, नेकपा एमालेका सुनिता देवी रायले ७ सय ६ ल्याउनु भएको छ ।
यस्तै, ७ वटा वडा रहेको कौडेना गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका राजेश पटेलले ६ सय ८२, वडा नं.२ मा नेपाली कांग्रेसका राम दरेश ठाकुरले १ हजार १५,वडा नं. ३ मा जसपाका पचूँ चौधरी कल्वारले ७ सय,वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार राम विश्वास रायले १ हजार २ सय ५५, वडा नं. ५ को वडाध्यक्षमा नेपाली कांग्रेसकी अनिशा खातुनले ४ सय ४४, वडा नं.६ मा नेकपा(माओवादी केन्द्र)का राम उमेश रायले ४ सय ५५ र वडा नं. ७ मा राप्रपाका उम्मेदवार विजय कुमार यादवले ५ सय ९५ मत ल्याएर विजयी हुनु भयो ।