Close This

नगरको सरसफाई तथा सुन्दरताको काम तिब्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-५ गते   ५७५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले  नगरको सरसफाई तथा सुन्दरताका लागि सुरु गरेको अभियानले तिब्रता पाएको छ । स्वच्छ सहर,स्वास्थ्य नगरबासी,सुन्दर सहर निर्माण लागि सुरु गरिएको अभियानले नगरक्षेत्र भरी पर्ने पुर्व पश्चीम लोकमार्गमा गरिएको अतिक्रमण,पसल तहराहरु हटाउने कामले तिब्रता पाएको लालबन्दी नगरपालिकाले जनाएको छ । 


नगरले गरेको आग्रहलाई अटेर गर्नेलाई आबश्वयक शक्तिको प्रयोग गरेर भएपनि सडकको अतिक्रमण हटाईएको नगरपालिकाले जनाएको छ । सडकको छेउछाउमा राखिएका निर्माण सामाग्री लगायत किराना तथा फलफुल पसलहरुको व्यावस्थाका साथै प्लाष्टिक मुक्त नगर बनाउने अभियान विगत केही दिन पहिलाबाट सुरु भएको थियो ।
अभियानले नगरभरी पर्ने पुर्व पश्चीम लोकमार्ग आसपासका राखिएका निर्माण सामाग्री लगायत किराना तथा फलफुल र चिया पसलहरु हटाएको नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । जनचेतना मुलक तथा आग्रह मुलक सन्देश जारी गर्दापनि अटेर गरेको भन्दै लालबन्दी नगरपालिका ७ मा रहेका बिनोद साहले सञ्चालन गरेको चिया पसलमा जेसीबीको प्रयोग गरेर हटाईएको नगरपालिकाले जनाएको छ । ईलाका प्रहरी कार्यालय लालबन्दी,जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको सहयोगमा नगरपालिकाले सडक क्षेत्र खाली गराएको हो । ट्राफिक व्यावस्थापनमा समस्या  आएको,सहरको सुन्दरता हराएको भन्दै जनप्रतिनिधीहरु ईलाका प्रहरी कार्यालय लालबन्दीको टोली सहितले पुर्व पश्चीम लोकमार्ग आसपासका राखिएका निर्माण सामाग्री लगायत किराना तथा फलफुल र चिया पसलहरु हटाएको त्यहाँबाट हाम्रा सहकर्मी रितिक अधिकारीले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech