बागमतीका सामुदायिक विद्यालदयहरुमा प्रा.वि तहको खेलकुद प्रतियोगिताको पहिलो छनोट चरण सम्पन्न

91 Shares

सर्लाहीको बागमती नगरपालिकाका २५ वटै सामुदायिक विद्यालयहरुमा प्राथमिक तहको खेलकुद प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ ।हरेक वर्ष हुने राष्ट्रपति रनिङ शिल प्रतियोगिताको आधारसिलाको रुपमा बागमती नगरपालिकाले प्राथमिक तहका छात्रछात्राहरुलाई समेत खेलकुदमा जोड्ने काम गरि रहेको बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार नगरभित्रका २५ वटै सामुदायिक विद्यालयहरुका प्राथमिक तहका छात्रछात्राहरु गरी प्रति विद्यालय १४ जनाका दरले प्रतियोगितामा सहभागि हुने र (सय मिटर,दुई सय मिटर र चार सय मिटर)रेस,हाई जम्प,लङ जम्प,ज्याब्लीङ थ्रो र सटपुट गरी  सात विधामा एउटा विद्यालयबाट सात जना छात्र र सात जना छात्रालाई सहभागि गराईने गरेको छ ।
२५ वटा सामुदायिक विद्यालयहरुबाट प्रति विद्यालय १४ जनाका दरले तीन सय ५० जना छात्रछात्राहरुले नगरस्तरिय प्राथमिक तहको खेलकुद प्रतियोगितामा सहभागीता जनाउने र यो प्रतियोगिताबाट छनोट भएका प्रति केन्द्र विद्यालय १४ जनाका दरले प्रा.वि तहबाट तीन सय ५० जना छात्रछात्राहरु राष्ट्रपति रनिङ शिल प्रतियोगितामा सहभागि हुने नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका भित्र रहेका पाँच वटा मा.वि विद्यालयहरु केन्द्र विद्यालयहरु रहेका र एउटा केन्द्र विद्यालयबाट १४ जनाका दरले पाँचवटा केन्द्र विद्यालयबाट ७० जनाका साथै प्रा.वि तहबाट तीन सय ५० जना छात्रछात्रा गरि कुल चार सय २० जना छात्रछात्राहरुले राष्ट्रपति रनिङ शिल प्रतियोगितामा सहभागिता जनाउने छन् ।राष्ट्रपति रनिङ शिल प्रतियोगिताको आधारशिला प्रतियोगिता अन्र्तगत प्रा.वि स्तरको अन्तीम छनोट चरण फागुन ३ गते हुने र फागुन २३ गतेबाटै राष्ट्रपति रनिङ शिल प्रतियोगिता पनि सुरु हुने बागमती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल प्रतियोगितामा मा.वि स्तरका विद्यालयहरुका छात्रछात्राहरु मात्रै सहभागि गराउने गरिएको भएपनि बागमती नगरपालिकाले मा.वि स्तरको खेलकुद प्रतियोगिताको जग प्रा.वि तह रहेकाले प्रा.वि तहका छात्रछात्राहरुलाई समेत प्रतियोगितामा सहभागि गराउने गरेको नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।

सम्बन्धित समाचार