सर्लाहीका विभिन्न दुई स्थानमा भएको सवारी दुर्घटना एकजनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन्।सर्लाहीको ब्रम्हपुरी गाउँपालिका २ र बागमती नगरपालिका ११ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पुर्व पश्चिम राजमार्ग अन्तरगत बागमती नगरपालिका ११ मा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको ज्यान गएको छ ।बागमतीबाट हरिवन तर्फ आँउदै गरेको बागमती प्रदेश ०२–०४५ प ३०४८ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेका स्थानीय अन्दाजी वर्ष ५५ का शिव थापालाई ठक्कर दिँदा गंभिर घाईते भएका थिए ।उनलाई तत्काल हरिवन स्थित नमुना अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन ।बागमती प्रदेश ०२–०४५ प ३०४८ नम्बरको मोटरसाईकलका चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ८ का अन्दाजी वर्ष ३० का आयुष सिंजाली प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।
त्यसैगरी,ब्रम्हपुरी गाउँपालिका २ स्थित भित्री सडकखण्डमा स्कुटीले पैदल यात्रीलाई ठक्कर दिँदा अन्दाजी वर्ष ७० का राजपत साह र मधेश प्रदेश–०३–३४ प ३४५५ नम्बरको स्कुटी चालक पर्सा गाउँपालिका ५ की अन्दाजी वर्ष ३० की विनिता यादव,उनका छोरा अन्दाजी वर्ष पाँचका यनस यादव घाईते भएका छन् ।