लखन्देही नदी मापदण्ड विपरित उत्खन्न,ठेकेदार कम्पनीले नटेरेको नगरपालिकाको गुनासो

183 Shares

सर्लाहीको लखन्देही खोलामा नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न गर्दा मापदण्ड विपरित उत्खन्न भएको पाइएको छ।हरिवन नगरपालिकाले ५३ हजार पाँच सय ५७ घनमिटर नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा आन्तरिक बिक्रि वितरण गर्न रु ५७ लाख छ हजार पाँच सयमा बागमती नगरपालिका २ स्थित रहेको आयरा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रा.लि.लाई ठेक्का लगाएकोमा ठेकेदार कम्पनीले मापदण्ड विपरित नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरण गरेको पाइएको हो ।
हरिवन नगरपालिकाले माघ १५ गते उत्त ठेकेदार कम्पनीसंग सम्झौता गरी वातावरणीय प्रभाव मुल्यांकन अनुसार काम गर्न भनेको भएपनि मापदण्ड विपरित उत्खन्न भएको पाइएको छ । ठेक्का लगाउने तर नियमन नगर्ने स्थानीय तहहरुका कारण नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरण गर्ने ठेकेदारहरुको मनोवल बढी रहेको स्थानीय जानकारहरु बताउँछन् ।प्राविधिक अनुगमन समेत नगरी नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरणको ठेक्कमा लगाउँदा सम्बन्धीत स्थानीय तहहरु कमिसनको खेलमा लागेका रहस्य सार्वजनिक भएको छ ।
दुई वटा भ्याकु लोडर आलोपालो गरी काम गर्ने गरी अनुमती दिइएको र कुनैपनि टिपरको अनुमती नरहेको भएपनि २५/२६ वटा टिपर लगाएर उत्खन्न तथा निकासी पैठारी भएको पाइए पछि तत्कालन उत्खन्न रोक्न भनेको हरिवन नगरपालिकाले जनाएको छ ।
वातावरणीय प्रभाव मुल्यांकन अनुसार दैनिक दुई सय ९२ दशमलव नौ घन मिटर मात्रै नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरण गर्न पाउने भएपनि ठेक्का लिएको कम्पनीले विहान ४ बजेदेखि राती ८ बजे सम्म दुई वटा भ्याकुलोडर र २५/२६ वटा टिपरहरुको प्रयोग गरेर दैनिक तीन सय ५३ घनमिटर नदीजन्य पदार्थ(ढुङ्गा,गिट्टी र बालुवा) उत्खन्न,संकलन तथा बिक्रि वितरण गरेको पाइएको हरिवन नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार