मधेश प्रदेश सरकार प्रमुख सचिव विहीन

343 Shares

मधेस प्रदेश सरकार लामो समयदेखि प्रमुख सचिव विहीन भएको छ।प्रदेशमा प्रमुख सचिव अनुपस्थित हुँदा सरकारको कामकाज प्रभावित भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार प्रमुख सचिव लोकनाथ पौडेल करिब डेढ महिनादेखि कार्यालय नजाँदा मधेस प्रदेश सरकार प्रमुख सचिव विहीन भएको हो ।तालिमका लागि भन्दै भदौ २७ गते बिदामा गएदेखि प्रमुख सचिव पौडेल अहिलेसम्म अनुपस्थित नभएका हुन ।
प्रमुख सचिव पौडेलले अख्तियारी दिएर नजाँदा प्रदेश सरकारको कामकाज ठप्प हुनुको साथै सेवाग्राहीलाई समेत मर्का परेको छ।प्रमुख सचिवज्यू नहुँदा धेरै काम प्रभावित भएको छ,कुनै पनि सरकारी काम गराउन जाँदा उहाँ नभएपछि त्यो काम हुन सकिरहेको छैन।जसकारण जनताका धेरै कामहरू प्रक्रियामा छन्।प्रदेश सभा सदस्य एवम निवर्तमान मन्त्री वीरेन्द्र प्रसाद सिंहले बताए ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिस सिंहले प्रमुख सचिव एक साताका लागि बाहिर गएको स्वीकार गरे,तर अहिलेसम्म कार्यालयमा नआएको उनको भनाई छ ।

सम्बन्धित समाचार