कांग्रेस कमलामाईको सभापतिमा श्रेष्ठ सर्वसहमत

262 Shares

नेपाली कांग्रेस कमलामाई नगरपालिका सिन्धुलीको नवौँं अधिवेशनबाट सभापतिमा समुन्द्र श्रेष्ठ चयन भएका छन्।बुधबार भएको अधिवेशनबाट उनी नगर सभापतिमा सर्वसम्मत चयन भएका हुन ।
अधिवेशनबाट उपसभापतिमा विशेश्वर पाण्डे,महिला उपसभापतिमा सिता लो,सचिवमा बलराम अधिकारी,सह–सचिवमा मान बहादुर खत्री र कोषाध्यक्षमा टिका प्रसाद चौलागाइ चयन भएका छन्।साथै,नगर पार्टी प्रवक्ता शेरमान कुवर सहित ३७ सदस्यीय नगर कारय समिति चयन भएका छन् ।
सिन्धुलीका सात वटा गाउँपालिका र दुई वटा नगरपालिकाको सबै वडामा वडा अधिवेशन सम्पन्न भए पश्चात पालिका अधिवेशन गरिएको हो।अहिले जिल्लाको अन्य पालिकामा पालिका अधिवेशन चलिरहेको छ।पार्टीको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत सबै भन्दा तल्लो तह वडादेखि पालिका तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन भएको हो।कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म  काठमाण्डौमा हुदैछ ।

सम्बन्धित समाचार