महोत्तरीको बर्दिवास नगरपालिका ३ मा सञ्चालित स्नेहा होटलमा देह व्यापार सञ्चालन भएको भन्दै होटल सञ्चालक सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।बर्दिवास नगरपालिका ३ स्थित सञ्चालित स्नेहा होटलबाट दुई जना महिला तथा तीन जना पुरुष गरी पाँच जनालाई नियन्त्रणमा लिईएको छ भने होटल सञ्चालक ममता पासवान फरार रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आईतबार राति करिब १२ बजे गोप्य सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएकोमा देह व्यापार भई रहेको अवस्थामा पाँच जना सेवाग्रहीहरुलाई नियन्त्रणमा लिएको हो भने होटल सञ्चालीका पासवान फरार रहेकी छन् ।प्रहरीका अनुसार उक्त होटलले सेवाग्राही आएपछि महिलाहरुलाई फोन सम्पर्क गरेर बोलाउने र पाँच हजार देखि १५ हजार सम्म रकम लिएर यौन धन्दा चलाउने गरेकी रहस्य बाहिरिएको छ ।
स्रोतका अनुसार पासवान विगत दुई वर्षदेखि युवतीहरूलाई यौन क्रियाकलापका लागि विभिन्न होटलहरूसंग सम्पर्क गरेर पठाउने कार्यमा संलग्न रहेकी छिन्।उनको गिरोहमा १५–२० जनासम्मको संलग्नता रहेको आशंका गरिएको छ।यता,ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक विकास बमले होटलकी सञ्चालक पासवान फरार रहेकी छन् भने उनको खोजी कार्य सुरु गरिएको छ ।उनका अनुसार,पक्राउ परेकाहरू विरुद्ध मानव बेचबिखन तथा यौन अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
त्यस्तै,होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्कीले आफुहरु दुधले नुहाएको प्रतिक्रिया दिए।“हामी सम्पूर्ण होटल व्यवसाय चोखो छ भन्ने दाबी गर्दैनौं।तर यो घटना हाम्रो संघमा आवद्ध नभएको होटलबाट भएको हो।केही महिना अगाडि यस्तै गतिविधि देखिएपछि हामीले सदस्य होटलहरूलाई सतर्क रहन अनुरोध गरेका थियौं।”उनको यो अभिव्यक्तीले“आफ्नो आङको भैसी नदेख्ने अर्काको आङको जुम्रो”भने झैँ प्रष्ट छ ।
महोत्तरीका साथै मधेश प्रदेशका पुर्व पश्चीम राजमार्गहरुमा रहेका होटलहरुमा भारतिय नागरिकहरु मद्यिरा खान आउने र उनहिरुबाटै यौन धन्दा तथा जुवा तासको माग हुने गरेको समेत पाइएको छ।जसमा प्रहरीले मासिक रुपमा कमिसन असुलेर उनीहरुलाई सो कार्यमा सहजता प्रदान गर्ने गरेको समाचार स्रोतको दाबी छ ।