सिन्धुलीको सुनकोशी गाउँपालिकाका विभिन्न ३ वटा वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रारम्भिक बाल विकास तथा अभिभावक शिक्षा सम्बन्धी तालिम प्रदान गरिएको छ ।बालबालिकाको स्वस्थ,सुरक्षित र सर्वाङ्गीण विकासमा परिवारको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित स्थानीय संघ÷संस्थाको साझेदारीमा सुनकोशी गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।
सुनकोसी गाउँपालिका–१,२ र ५ मा कार्यरत १८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रारम्भिक बाल विकास तथा अभिभावक शिक्षासम्बन्धी तालिम प्रदान गरिएको सुनकोसी गाउँपालिकाका सूचना अधिकारी अश्विन सुनुवारले जानकारी दिए ।
उनका अनुसार समुदाय र परिवारसँग नियमित सम्पर्कमा रहने महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रारम्भिक बाल विकासका आधारभूत पक्ष अभिभावकसम्म पु¥याउने उद्देश्यले तालिम प्रदान गरिएको र तालिममा गर्भावस्थादेखि नै बालबालिकाको उचित हेरचाह गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
बालबालिकाको पोषण तथा स्वास्थ्य,सुनौलो हजार दिनको महत्व,उमेरअनुसारको सिकाइ, सर्वाङ्गीण विकास तथा बालबालिकाको विकासमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिकाबारे सहभागीलाई जानकारी दिइएको सुनकोसी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक ओम प्रकाश झाले बताए ।
उनका अनुसार तालिमको प्रमुख लक्ष्य महिला स्वास्थ्य स्वयंसेविकाको प्रारम्भिक बाल विकास सम्बन्धी ज्ञान,सीप र क्षमता अभिवृद्धि गर्नु हो।तालिमबाट सक्षम बनेका स्वयंसेविकाले आफ्नो कार्यक्षेत्रका परिवार र अभिभावकलाई बालबालिकाको उचित हेरचाह,पोषण,स्वास्थ्य तथा सिकाइका विषयमा आवश्यक परामर्श र सचेतना दिन सक्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
बालबालिकाको जीवनको प्रारम्भिक चरणमा प्राप्त हुने हेरचाह र वातावरणले उनीहरूको समग्र विकासमा प्रभाव पार्ने भएकाले परिवारसँगै समुदायले पनि यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने सहभागीहरूको भनाइ छ ।
बालबालिकाका लागि पर्याप्त तथा उचित पोषण,स्वास्थ्य सेवा,सुरक्षित वातावरण,माया–ममता र उमेर अनुकूल सिकाइको अवसर सुनिश्चित गर्न अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको सहभागीहरुले बताएका छन् । बालबालिकाको विकासलाई स्वास्थ्य वा शिक्षाको विषयमा मात्र सीमित नगरी उनीहरूको शारीरिक,मानसिक,भावनात्मक तथा सिकाइसँग जोडिएको समग्र प्रक्रियाका रूपमा बुझ्नुपर्ने विषयमा समेत तालिममा जोड दिइएको आयोजकले जनाएको छ ।तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै अभिभावक तथा परिवारसम्म प्रारम्भिक बाल विकाससम्बन्धी सन्देश पु¥याउने प्रतिबद्धता सहभागी महिला स्वास्थ्य स्वयंसेविकाले व्यक्त गरेका छन्।