Close This

गोबर ग्याँसले खायो बालकको ज्यान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२ गते   ३०२ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ मा गोबर ग्याँसको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । 


बागमती नगरपालिका–११, कर्मैया बस्ने गोपाल बोटका तीन वर्षीय छोरा आयुष बोटको छिमेकीको गोबर ग्याँसको खाल्डोमा डुबेर मृत्यु भएको स्थानियले बताएका छन । साथीहरुसँग खेल्न निस्किएका आयुष वुधवार बेलुकादेखि बेपत्ता भएका थिए । बालक हराएको बारे प्रहरीमा समेत सूचना गरिएको बालका आफन्तले बताएका छन । स्थानीय वासिन्दा र प्रहरीको संयुक्त टोलीले वुधवार राती अबेरसम्म खोजी गर्दा पनि उनी फेला परेनन् ।

बिहिवार बिहान भने गोबर ग्यासको खाल्डोमा बालक मृत फेला परेका प्रहरीले जनाएको छ । बालकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारको जिम्म दिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech