Close This

लालबन्दी नगर सुरक्षित छ ः नगर प्रमुख खड्का

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२१ गते   ६७९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले  पीसिआर टेष्टकोे दायरा बढाउन माग गर्नु भएको छ । विश्व्यव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका माहामारीमा प्रदेश सरकार र संघिय सरकारले खासै चासो नदेखाएको बताउँदै नगरका जन्तालाई कोरोना माहामारीबाट जनतालाई बचाउन अहिलेको मुख्य चुनौती रहेको नगर प्रमुख खड्काले बताउनु भयो  ।
नगरपालिकाले आफ्नो क्षमता अनुसारको जनशक्ति र बजेट प्रयोग गरेर कोरोना विरुद्धको लडाईमा लागेका कारण हाल सम्म  नगरमा कोरोना संक्रमित देखा नपरेको नगर प्रमुख खड्काको भनाई छ । छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेको र नेपालका बेरोजगार नागरीकहरु रोजगारीको सिलसिलामा भारत गएका साथै उनिहरु घर फर्किने क्रम बढेका कारण खतराको जोखिम रहेको भएपनि हाल सम्म नगरमा एक जना पनि कोरोना संक्रमित देखा नपर्नु नगरबासीहरुको लागि खुसीको कुरा भएको उहाँले बताउनु भयो ।
नगरले जिल्लाकै सुविधा सम्पन्न एक मात्र क्वारेनटाइन निर्माण गरेको छ । लालबन्दी नगरपालिका १ को कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा जिल्लाकै सुविधा सम्पन्न १ सय ५० वेडको क्वारेन्टाईन निर्माण गरिएको र हाल सो क्वारेन्टाईनमा ३७ जना रहेका नगरपालिकाले जनाएको छ । क्वारेन्टाईनमा २४ सैँ घण्टा स्वास्थ्यकर्मी, एम्वुलेन्स र सुरक्षाकर्मी तैनाथ गरिएको नगर उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो । फ्रि वाई फाई सहितको सुविधा भएको क्वारेन्टाईनमा आफुहरुले हरेक दिन पुगेर त्यहाँ बसेका नागरीकहरुको दैनिक सुझाव गुनासाहरु सुन्ने र त्यसको व्यावस्थापन गर्ने गरेको उप प्रमुख लामाले बताउनु भयो ।

क्वारेन्टाईनमा खटिने स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्रीको व्यावस्था गरिएको,खाजा खानाको व्यावस्था गरिएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा.चन्दन चौधरीले बताउनु भयो । उहाँका अनुसार क्वारेन्र्टानमा बसेका नागरीक,स्वास्थ्यकर्मी र एम्वुलेन्स चालकको पनि समय समयमा स्वास्थ्य चोक जाँच गरिएको छ । लालबन्दी नगरपालिकाको व्यावस्थापनमा सञ्चालीत क्वारेन्टाईनमा रहेका २० जनाको स्वाव संकलनको पिसिआर चोकका लािग प्रादेशिक प्रयोगशाला  जनकपुर पठाएको र रिपोर्ट चाँडै आउने डा. चौधरीले बताउनु भयो । जसमा क्वारेन्टाईनको स्वास्थ्य चोकजाँचमा खटिएका स्वास्थ्यकर्मी १ जना,क्वारेन्टाईनमा  बसेका १७ जना,एम्वुलेन्स चालक १ जना र कार्यलय सहयोगी १ जना गरी २० जनाको स्वाव संकलन गरि चोकजाँचका लागि पठाइएको डा. चौधरीले बताउनु भयो ।
नगरले निर्माण गरेको सुविधा सम्पन्न क्वारेन्टाईनमा जिल्लाको लालबन्दी नगरपालिकाका विभिन्न वडाका साथै छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र भारतको सोनवर्षा लगायतका स्थानका ५ जना महिला बालबालीका ५ जना र पुरष २७ जना जना विगत करिब १५ दिन(जेठ ९ गते) देखि बसी रहेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech