इस्लाम धर्मावलम्बीको महान चाड “इद उल फित्र”आज,पर्वको अवसरमा सार्वजनिक बिदा

575 Shares

रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले सोमबार ईद उल फित्र अर्थात ईद पर्व मनाउँदै छन्।हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना,भेटघाट,नयाँ लुगा र मिठाइ आदान प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ।“रमजान महिनाभरको उपवास,आध्यात्मिक शुद्धता,आत्मसंयम र परोपकारको अभ्यासपछि आउने यो महान् पर्वले सबैमा सुख,शान्ति र समृद्धि ल्याओस”भन्दै सभामुख देवराज घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पार्टीका अध्यक्षहरुले शुभकामना व्यक्त गरेका छन् ।
“पारस्परिक सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्दै ईदले सबै नेपालीलाई सुदृढ राष्ट्रिय एकताको भावनामा जोड्ने उनीहरुले विश्वास लिएको छन्।”“नेपाल बहुजातीय,बहुधार्मिक,बहुसांस्कृतिक विविधताले भरिएको देश हो,नेपालको संविधानले सबै धर्म,संस्कृति र परम्पराको सम्मान गर्दै धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ”,सभामुख घिमिरे र प्रधानमन्त्री ओलीले जारी गरेको सन्देशमा भनिएको छ,“यो संवैधानिक व्यवस्थाले सबै नागरिकलाई आ–आफ्नो धार्मिक एवम सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने अधिकार प्रदान गरेको छ ।”
नेपाल सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सोमबार(आज)सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका प्रवक्ता एवम सहसचिव रामचन्द्र तिवारीका अनुसार,२०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज(सोमबार)सार्वजनिक बिदा दिइएको हो ।इस्लाम धर्मावलम्बीको महान पर्व “ईद–उल–फित्र”हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ।रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन्। 
विशेषगरि बिहान ईदको नियतले नुहाएर सफा र पवित्र भएर मानिसहरु नजिकैको खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर ईदको नमाज पढ्ने गर्दछन।इदको अर्थ खुसी हो।एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफुलाई इस्लाम धर्मले बर्जित गरेको कामबाट अलग राख्न सकेको तथा धेरै भन्दा भन्दा धेरै पुन्यको काम गरेको खुसीमा ईदको खुसियाली मनाउने प्रचलन हरेको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले जानकारी दिए ।उनका अनुसार ईदको नमाज पढे पश्चात मानिसहरु एक आपसमा गला मिलाएर एक अर्कालाई ईदको शुभकामना दिने गर्दछन भने एक अर्कासंग माफी लिने दिने पनि गर्दछन। यस पर्वमा प्रेम,दानशीलता,सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्व रहेको छ । 

सम्बन्धित समाचार