सर्लाहीको लालबन्दी नगरपालिका ९ मा बुधवार (आज) असंथुपिका कला केन्द्रको उद्घाटन गरिएको छ । नृत्य क्षेत्रको विकासका लागि केन्द्रको एक कार्यक्रमका विच उद्धघाटन गरिएको हो ।
केन्द्रको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले मानिसलाई स्वस्थ रहन शारीरिक व्यायामको महत्वपूर्ण भुमिका रहने भएकाले नृत्यको माध्यमले मानिसलाई स्वस्थ राख्न सकिने बताउनु भयो ।उहाँले खेलकुद, शरीरिक व्यायमले जस्तै नृत्यले पनि मानिसलाई स्वस्थ बनाउन मद्दत गर्ने भएकाले यसको विकासका लागी आफ्नो साथ र सहयोग रहने बताउनु भएको छ ।
केन्द्रका प्रमुख संजय बलमपाकी मगरले यस क्षेत्रको विकासको लागी सवैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघका महासचिव दिपेन्द्र बलमपाकी मगर,समाजसेवी गोविन्द महत, सामाजिक अभियन्ता निशान थापा लगायतको सहभागिता रहेको आयाृजकले बताउको छ ।