Close This

चौथो नगरस्तरीय वडा अध्यक्ष नक आउट कप फुटबल प्रतियोगीताको उपाधि लालबन्दी नगरपालिका १६ लाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२५ गते   १२७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा सम्पन्न चौथो नगरस्तरीय वडा अध्यक्ष नक आउट कप फुटबल प्रतियोगीतामा लालबन्दी नगरपालिका १६ बिजेता बनेको छ । लालबन्दी नगरपालिका १६ को योङ्ग स्टार युवा क्लबले आज(सोमबार) भएको अन्तीम खेलमा लालबन्दी नगरपालिका ६ लाई २–० गोलअन्तरले पराजीत गर्दै जीत हात पारेको हो ।
असोज १५ गतेबाट शुरु भएको चौथो नगरस्तरीय वडा अध्यक्ष नक आउट कप फुटबल प्रतियोगीतामा लालबन्दी नगरपालिका ६ लाई २–० गोल अन्तरले पराजित गर्दै लालबन्दी नगरपालिका १६ को योङ्ग स्टार युवा क्लब विजेता बनेको हो ।
आज(सोमबार) भएको फाईनलमा खेलमा लालबन्दी नगरपालिका १६ को योङ्ग स्टार युवा क्लबको तर्फबाट रमेश वस्नेतले नै २ गोल गरेका हुन । खेलको सुरुवाती चरणमा निकै प्रतिष्पर्धात्मक खेल भएको भएपनि लालबन्दी नगरपालिका ६ ले कुनै पनि गोल गर्न नसकेको आयोजकले बताएको छ ।
लालबन्दी नगरपालिकाको खेल क्षेत्रलाई विकास गर्न भन्दै स्थानिय निकायको निर्वाचन  भए लगतैदेखि नगरपालिकाले नगरस्तरीय वडा अध्यक्ष नक आउट कप फुटबल प्रतियोगीताशुरु गरेको थियो । भने यस वर्ष नगरले चौथो नगरस्तरीय वडा अध्यक्ष नक आउट कप फुटबल प्रतियोगीता आयोजना गरेको थियो ।
लालबन्दी नगरपालिका १ मा भएको प्रतियोगीतामा लालबन्दी नगरपालिकाका १७ वटा वडाकै १७ वटा टिमको सहभागीता रहेको थियो । नक आउट चरणमा भएको खेलमा लालबन्दी १६ वाईमा परि सेमिफाईनलबाट खेलमा प्रवेश गरेकोे लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश थापाले जानकारी दिनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिका १६ प्रथम र लालबन्दी नगरपालिका ६ द्धितिय भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech