Close This

समृद्धि सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न, ४७ लाख नाफा,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-८ गते   २३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारण सभा गरेको छ । हरिवन नगरपालिका ११ मा रहेको संस्थाको आज(बुधबार) आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाले गएको आर्थिक वर्ष २०७७÷०७८ मा रु ४७ लाख ७० हजार २ सय ३४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो भने रु १५ करोड ३९ लाख ३१ हजार ६ सय ८६ रुपैयाँ कूल कारोवार गरेको संस्थाका प्रवन्धक चिरञ्जीवी भट्टराईले जानकारी दिनु भयो ।
साधारण सभामा संस्थाले ज्येष्ठ नागरिक, बाल बचतकर्ता, असल ऋणी र उत्कृष्ट बचतकर्ता गरी २१ जनालाई सम्मान पत्र र खादा ओढाएर सम्मान समेत गरेको छ । ज्येष्ठ नागरिकहरुलाई समृद्धिको सहाराका लागि छडी भन्ने नारासहित एक÷एक थान छडी समेत प्रदान गरिएको संस्थाका अध्यक्ष इन्द्र पाठकले जानकारी दिनु भयो ।
संस्थाका अध्यक्ष पाठकको अध्यक्षता तथा पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम सर्लाही क्षेत्र नंं. ३ का प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीकी उप सभापति जमुना पौडेल, प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंह, राष्ट्रिय सहकारी बैङ्क हरिवन शाखाका प्रमुख नारायण लामिछाने लगायतको विशेष उपस्थिती रहेको थियो ।
यसैगरी संस्थाको १४ आँै वार्षिक साधारण सभाले अर्जुन पन्तको अध्यक्ष रहनेगरी सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाअध्यक्षमा डाकुरनाथ खतिवडा, सचिवमा सुरेश कुमार भट्टराई,कोषाअध्यक्षमा कृष्ण प्रसाद प्रसाई सर्वसहमत चयन भएका संस्थाका नव गठित समितिका सचिव भट्टराईले जानकारी दिनु भयो । उहाँका अनुसार बासुदेव निरौलाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत संस्थाको बन्द सत्रले चयन गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech