यातायात कार्यालय बर्दिवासद्धारा साँढे २७ करोड बढी राजश्व संकलन

318 Shares

यातायात व्यवस्था कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०८१/०८२ मा रु करिब साँढे २७ करोड राजश्व संकलन गरेको छ ।२०८१ साउन देखि २०८२ असार मसान्त सम्ममा यातायात व्यवस्था कार्यालय बर्दिवास महोत्तरीले रु २७ करोड ५८ लाख ६९ हजार छ सय ४३
राजस्व संकलन गरेको छ। कार्यालयले यातायात क्षेत्रको आम्दानी रु ७७ लाख १५ हजार छ सय ५०,सवारी साधन कर रु १९ करोड २० लाख ९४ हजार एक सय १२,सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु पाँच करोड ४७ लाख ४० हजार दुई सय ३६,एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने सम्बन्धी कर रु एक करोड सात लाख १२ हजार पाँच सय ५५ र यातायात क्षेत्रको आम्दानी रु एक करोड छ लाख सात हजार ९० गरी कुल रु रु २७ करोड ५८ लाख ६९ हजार छ सय ४३ राजस्व संकलन गरेको कार्यालय प्रमुख राज किशोर साहले जानकारी दिए ।उनका अनुसार सो अवधिमा एक हजार ५८ वटा साना तथा ठूला सवारी साधनहरुको दर्ता,१४ हजार पाँच सय ५८ वटा सवारी चालक अनुमती सम्बन्धी काम र दुई हजार ९८ वटा बाटो इजाजत पत्र वितरण गरिएको छ ।
रु तीन करोड ४० लाख ६९ हजार नौ सय ९२ रुपैँया बजेट पाएको कार्यालयले उत्त आर्थिक वर्षमा तीन सय ७७ वटा मोटरसाईकल,तार सय ३४ वटा टेम्पो/इ रिक्सा,४३ वटा पिकअप,७९ वटा माईक्रो बस,२१ वटा जिप/भ्यान,१९ वटा ट्याक्टर,१५ वटा बस,सात वटा मिनि बस,५० वटा ट्रकका सार्थ नौ वटा टिपर,तीन वटा क्रेन/एक्साभेटर र एउटा डोजर दर्ता गरिएको कार्यालयको प्रशासन शाखाका संजीव चौलागाईले बताए ।
उनका अनुसार १६ हजार ६३ वटा नायँ सवारी चालक अनुमती पत्र दर्ता भएकामा छ हजार चार सय ९४ वटा वितरण,चार हजार नौ सय ७१ वटा वर्ग थप,छ हजार ६२ वटा नविकरण र एक सय ७६ वटा प्रतिनिलिपि गरी कुल १४ हजार पाँच सय ५८ वटा सवारी चालक अनुमती पत्रको काम भएको छ । 
१४ जना कर्मचारीहरुको दरबन्दी रहेको यातायात व्यवस्था कार्यालय बर्दिवास महोत्तरीमा हाल १३ जना कर्मचारी कार्यरत रहेका छन् ।सूचना तथा प्रविधि अधिकृतको दरबन्दी रिक्त रहेको छ भने पाँच जना करारका कर्मचारी रहेका कार्यालयका सूचना अधिकारी शैलेन्द्र कुमार चौधरीले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा रु ३२ करोड ३१ लाख ३५ हजार छ सय ३५ राजश्व संकलन भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा बागमती प्रदेशले आफ्नै सफ्टवेयर प्रयोग गरेका कारण त्यहाँका सवारी साधनहरु अन्यन्त्र नविकरण नहुने,मधेश प्रदेशका सबै जिल्लाहरुमा यातायात व्यवस्था कार्यालय स्थापना हुनु र नविकरण गर्न पाँच वर्ष कटेका सवारी साधनहरु जुन कार्यालयमा दर्ता भएका छन् सोही कार्यालयबाट मात्रै पुन दर्ता हुने प्रावधान रहेका कारण आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा राजश्व घटेको हो ।
सवारी दर्ता किताब तथा सवारी  चालक अनुमती पत्रहरुको नविकरण तथा जरिवाना,नयाँ सवारी साधन दर्ता,नामसारी,पटके कर र रुट परमिट लगायत शीर्षकबाट उक्त राजस्व संकलन भएको हो।कर्मचारीहरुको लगनसिल्ता र कार्यालयको व्यवस्थापकीय काममा  सुधार भएसँगै सेवाग्राहीको काम छिटोछरितो रूपमा सम्पन्न गर्न सकिएको समेत कार्यालयले जनाएको छ ।
स्थायी आठ जना र करारका पाँच जना गरी १३ जना कर्मचारीहरु रहेको कार्यालयले सरकारी,सार्वजनिक,भाडाका साथै निजी तर्फका ठूला,मझौला तथा साना सवारीसाधनको दर्ता, नविकरण तथा नामसारी गरिएको कार्यालयले जनाएको छ ।कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहजता भएको छ। 
मधेश प्रदेशको“सवारी तथा यातायात व्यवस्था ऐन, २०८१”अनुसार गत मंसिर १९ गते राजपत्रमा प्रकाशित सो व्यवस्थाले कर तथा जरिवाना छुटका साथै सवारी साधनको एकमुष्ट १५ वर्षको लागि नविकरण गर्न सकिने व्यवस्था गरेको छ।यसका लागि सवारी मूल्यको पाँच प्रतिशत शुल्क लाग्ने जनाइएको छ।मधेश प्रदेश अन्तर्गतका आठै जिल्लामा यातायात कार्यालयहरू संचालनमा छन्। 

सम्बन्धित समाचार