336
Shares
सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तीपुर स्थित लाफा चौरमा आईतबार बिहान अचेत अवस्थामा फेला परेका युवकलाई मृत घोषणा गरिएको छ ।अचेत अवस्थामा भेटिएका युवकलाई नगर अस्पताल लालबन्दी हुँदै मोडेल अस्पताल लालबन्दी लगेर इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक मोरङको पथरी शनिश्चरे नगरपालिका ३ का अन्दाजी ३५ वर्षीय सविन राई रहेका छन्।राई बस्तीपुरस्थित दिदीको घरमा केही दिनअघि आएको बुझिएको छ ।प्रहरीले घटनाको सम्वन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।