राज्यको सेवा सुविधा लिएर राज्यले अराएको काम नगर्ने प्रहरी हबल्दार काफ्लेद्धारा शक्ति प्रयोग

एसपि गौरव    प्रकाशित: २०८०-४-२५ गते   ८५९ पटक हेरिएको

पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको ट्राफिक प्रहरी पोष्ट कर्मैयामा कार्यरतच प्रहरी जवानले सवारी चालकसंग दिनदहाडै कमिसन असुलेपछि तर्सीएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी हबल्दार शिव काफ्लेले कमलामाई मिडिया प्रा.लिलाई विभिन्न ठाउंबाट फोन लगाएका छन् ।
सप्तरी दरबन्दी भई काजमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हबल्दार काफ्लेको सेटिङ्गमा जिल्लाका विभिन्न युनिटमा खटिएका ट्राफिक प्रहरी कर्माचारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक लेखनाथ मैनालीको नाममा समेत कमिसन असुल्ने गरेका र सो सम्बन्धी समाचार प्रकाशन भएपछि हबल्दार काफ्ले झन तर्सिएका छन् ।
सवारी चालकसंग बाटैमा दिन दहाडै रकम असुलेका ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवान विकास कलवार निलम्बनमा परेका छन् भने रौतहटको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव पनि निलम्बीत भएका छन् । राजमार्गमा सवारी चालकसंग रकम लिएको भिडियो सामाजिक सञ्जालहरुमा भाईरल भएपछि उनीहरु दुवै जनालाई निलम्बन गरिएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राजमार्गमा ड्युटीमा रहेका प्रहरी जवान कलवारले चालकसंग अवैध रकम लिएको भिडियो समाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवान कलवार र रौतहटको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान यादवलाई निलम्बन गरिएको प्रहरी प्रधान काार्यलयले जनाएको छ ।
‘संगठनको आचरण विरुद्धका गतिविधिहरु गरे जो कोहीलाई कारबाही हुने’प्रहरी महानिरीक्षक(आईजिपी) बसन्त कुँवरले बताए । उनले सोही अनुसार दुवै प्रहरी जवानलाई रकम लिएको आरोपमा निलम्बन गरिएको बताएका छन् ।सवारी चालक रौतहटका सिकन्दर पटेलसंग ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवान कलवार र प्रहरी चौकी हर्षाहका प्रहरी जवान यादवले एक÷एक सय लिएको भिडियोमा प्रष्ट देखिएको छ ।
सो कार्यमा प्रहरी हबल्दार काफ्ले लगायतका अरु केही प्रहरी कर्माचारीहरुको संग्लग्नता रहेको पाइएको भन्दै कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबर टडकम नामक अनलाईन पत्रिकाले समाचार प्रकाशन गरेको थियो । त्यसपछि हबल्दार काफ्लेले समाजका विभिन्न मानिसहरुका साथै ट्राफिक प्रहरी कर्माचारीहरु र पत्रकारहरुबाट कमलामाई मिडिया प्रा.लिलाई फोन गराएका छन् ।
उनीमाथी यी विभिन्न किसिमका फोनहरुबाट थप शंका उत्पन्न भएको छ । रौतहट घर भएका हबल्दार काफ्ले सप्तरी दरबन्दी भएपनि नजानु र पटक पटक विभिन्न किसिमका विवादमा संग्लग्न भएको विभिन्न सञ्चार माध्यामहरुबाट समाचार प्रकाशन हुनुले पनि उनीमाथी थप शंका गर्नु पर्ने भएको छ ।
यता, उनै काफ्लेका कारण पटक पटक सर्लाही ट्राफिक बदनामी भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक लेखनाथ मैनाली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराई मौन बस्नुले उनीहरुमाथी पनि शंका सृजना हुन थालेको छ । राज्यको सेवा सुविधा लिने र राज्यले अराएको काम नगर्ने प्रहरी कर्माचारीहरुमाथी शंका नगर्नु पर्ने कुनै कारण नरहेको स्थानीय जानकारहरु बताउँछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech