Close This

नेपाल चेम्वर अफ कर्मस लालबन्दी शाखाको गठन,अध्यक्षमा पौडेल चयान,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२३ गते   ६२८ पटक हेरिएको

नेपाल चेम्वर अफ कर्मस शाखा लालबन्दीको गठन गरिएको छ । व्यपारीहरुको हक हितको क्षेत्रमा काम गर्ने साझा संस्थाको रुपमा २००९ सालमा गठन भएको चेम्वर अफ कर्मसको ७० औँ शाखाको रुपमा माघ ११ गते सर्लाहीमा पनि जिल्ला चेम्वर अफ कर्मसको गठन गरिएको थियो ।
साना तथा ठुला गरि करिब ७ हजार भन्दा बढीकोे संख्यामा सर्लाही जिल्लामा व्यावसायीहरु रहेका छन । जस मध्ये जिल्ला नेपाल चेम्वर अफ कर्मसमा ५ हजार जना व्यापारी व्यावसायीहरुलाई आवद्ध गराउने लक्ष्यका साथ जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीको गठन गरिएको थियो ।
सोम पौडेलको अध्यक्षतामा गठन भएको चेम्वर अफ कर्मस लालबन्दी शाखामा ४५ सदस्यीय समिति गठन गरिएको हो । जसको महा सचिव कृष्ण भण्डारी,उप महा सचिव प्रेम कुमार अधिकारी,सचिव,ललन साह,रामहरी बराल र वर्षा लामा कोषाअध्यक्ष बालकृष्ण कार्की र सह कोषअध्यक्ष शम्भु प्रसाद चौधरी रहनु भएको छ भने बरिष्ठ उपा अध्यक्ष ईश्वर दाहाल उपा अध्यक्षहरुमा क्रमस सन्तोष पौडेल,श्याम साह,इन्दीरा घिमिरे,नथुनी चौधरी,हरिकान्त महत्तो र महेन्द्र महत्तो उपाअध्यक्षमा चयन हुनु भएको छ ।
नेपाल चेम्वर अफ कर्मस शाखा लालबन्दीको गठन पछि लालबन्दी नगरमा रहेका साना तथा  ठुला  व्यापारी व्यावसायीहरुको हितमा काम हुने र आफ्नो अधिकारबाट बञ्चीत हुनुपर्ने अवस्थाको अन्त्य भएको नेपाल चेम्वर अफ कर्मस सर्लाहीका सल्लाहकार नवराज मिश्रले बताउनु भयो । शुक्रबार एक कार्यक्रमको आयोजना गरि गठित समिति सार्वजनीक गरिएको हो ।
उद्योग बाणिज्य महासंघले साना तथा तल्लो तहका व्यापारी व्यावसायीहरुका माग सम्बोधन नगरेको र गलत व्यापारीहरुलाई प्रशय दिएका कारण आफुहरु जिल्ला नेपाल चेम्वर अफ कर्मस गठन गर्न बाध्य भएको जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी रामभक्त प्रधानले बताउनु भयो। गलत तथा गैर कानूनी तरिकाबाट काम गर्ने व्यापारीहरुलाई  नियन्त्रण गर्दै ईमान्दारीताका साथ काम गर्न व्यापारी व्यावसायीहरुलाई जिल्ला नेपाल चेम्वर अफ कर्मस सर्लाहीका अध्यक्ष प्रधानले आग्रह गर्नु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech