लालबन्दी १५ बाट एक क्विन्टल १० किलो गाँजा बरामद,नक्कली नोट सहित भारतिय युवा पक्राउ

320 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित कालिन्जोर खोला किनारबाट प्रहरीले एक क्विन्टल भन्दा बढी प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा लिएको छ।लालबन्दी नगरपालिका १५ स्थित कालिन्जोर खोलाको किनार काँसघारीमा लुकाई छिपाइ राखिएको अवस्थामा अन्दाजी एक क्विन्टल १० किलो प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक सुजन पाठकले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १५ स्थित कालिन्जोर खोलाको किनार काँसघारीमा लुकाई छिपाइ ओसार पसार गर्न राखिएकोे गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो,शाखा कार्यालय बर्दिबास र ईलाका प्रहरी कार्यालय लालबन्दीको संयुत्त प्रहरी टोलीले अन्दाजी एक क्विन्टल १० किलो प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा लिएको हो।लालबन्दी नगरपालिका १५ स्थित कालिन्जोर खोलाको किनार काँसघारीमा रातो प्लाष्टिकले बेरी लुकाई छिपाइ राखिएको २२ पोका अन्दाजी एक क्विन्टल १० किलो प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा लिएको नियन्त्रणमा लिएरआवश्यक अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
त्यसैगरी,  सर्लाहीको ईश्वरपुर नगरपालिका १५ स्थित सुकनाहा बजारबाट नक्कली भारतीय मुद्रासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।ईश्वरपुर नगरपालिका १५ स्थित सुकनाहा बजारबाट पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली भारतीय मुद्रा सहित भारतको सीतामढी पुरान्दा राजवाडा ९ का अन्दाजी २७ वर्षीय मुकेश कुमार सोनीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ।नक्कली भारतीय मुद्रा  सहित नियन्त्रणमा लिईएका युवालाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको नियन्त्रणमा राखेर अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार