Close This

जिल्ला भन्सार कार्यालय सर्लाहीका भन्सार अधिकृत झा शक्तिकेन्द्र धाउँदै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१८ गते   ४५४ पटक हेरिएको

शंखर पहाडी(गौरब)
जिल्ला भन्सार कार्यालय सर्लाहीका  भन्सार अधिकृत दिपेन्द्र कुमार विभाग तानिएका छन् । तीनवटा ट्रक रनौ सय ८० बोरा चिनी कमिसन खाएर छाडेको विषयलाई लिएर भन्सार अधिकृत झालाई भन्सार विभाग तानिएको हो ।
भदौ २९ रअसोज ७ गते नियन्त्रणमा लिइएका तीनवटा ट्रक रनौ सय ८० बोरा चिनी भन्सार अधिकृत झाले आर्थिक चलखेल गरि गुपचुप छाडिएको कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबर डटकम अनलाईन पत्रिकामा  समाचार प्रकाशन भएपछि भन्सार अधिकृत झालाई भन्सार विभाग तानिएको थियो । अहिले उनि माथी विभागले आफ्नै तरिकाबाट छानबिन सुरुगरि सकेको जनाएको छ ।
ट्रक कहिले  नियन्त्रण परे
गत भदौ २९ गते भन्सार छलीको ठूलो परिमाणमा चिनीसहित पक्राउ परेर छुटेका तीन वटा ट्रक करिब तीन महिना पछि पुनः भन्सार कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ । सर्लाहीको हरिवन नगरपालिका ९ स्थित पुर्व पश्चीम राजमार्गमा भन्सार छलीको नौ सय ८० बोरा चिनी सहित भदौ २९ गते पक्राउ परेका दुईवटा ट्रक र असोज ७ गते सिमानाकाबाट नियन्त्रणमा लिइएको एउटा गरि तीन वटा कार्तिक ७ गते छुटेका थिए ।
भन्सार ऐनको ५०(६)क र ५७ (१) ख अनुसार छाडिए तीन वटै ट्रकलाई छाडिएको र त्यो नीयमसंगत रहेको दाबी गरेको भन्सार कार्यालय सर्लाहीले भन्सार विभागको पत्र पछि ट्रक छुटेको करिब तीन महिना पछि पुनः भन्सार कार्यालय झिकाएको हो ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भदौ २९ गते रअसोज ७ गते तीनवटा वटा ट्रक र एक हजार चार सय ६० बोरा भन्सार छलीको चिनी नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको भएपनि भन्सार कार्यालय सर्लाहीका भन्सार अधिकृत दिपेन्द्र झाले भन्सार ऐनको ५०(६)क र ५७ (१) ख अनुसार छाडिए तीनवटै ट्रकलाई छाडिएको र त्यो नीयमसंगत रहेको दाबी गरेको थिए । तर भन्सार विभागले छाडिएका ट्रक झिकाई आवश्यक कार्बाही गर्न भन्दै भन्सार अधिकृत  झालाई १२ घण्टे स्पष्टिकरण पनि सोधेको थियो ।त्यस लगतै भन्सार अधिकृत झाले आफुलाई अप्ठ्यारो पर्ने भएपछि छाडिएका ट्रकलाई भन्सार कार्यालय बोलाएका भन्सार कार्यालय स्रोतको दाबी छ ।
भदौ २९ र असोज ७ गते नियन्त्रणमा लिईएका तीन वटा ट्रकलाई भन्सार अधिकृत झाले भन्सार ऐनको ५०(६)क र ५७ (१) ख अनुसार छाडिएको दाबी गरेपनि विभागलाई गोप्य स्रोतले सो विषयमा जानकारी गराएपछि विभागले जवाफ सहित ट्रक फिर्ता ल्याउन पत्राचार गरेको थियो ।
भन्सार ऐनको ५०(६)क र ५७ (१) ख अनुसार छाडिएको भनिएका ना ७ ख ६१४५,प्रदेश २–०३–००१ ख ६५८५ र मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रक भन्सार अधिकृत झाले ठुलो रकम चलखेल गरि छाडेका थिए ।
के कति थियो ट्रकमा चिनी ?
ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका दुई वटा ट्रकको रु एक करोड ६० लाख र नौ सय ८० बोरा चिनीको अन्दाजी मूल्य रु ६८ लाख ६० हजार गरि दुई करोड २८ लाख ६० हजार र मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकको रु ३० लाख र चार सय ८० बोरा चिनीको करिब रु १४ लाख ४० हजार मुल्याङ्कन गरि तीनवटा ट्रकको रु एक करोड ९० लाख र एक हजार चार सय ६० बोरा चिनीको अन्दाजी रु ८३ लाख गरि कुल  दुई करोड ७३ लाख मुल्यांकन गरि प्रहरीले भन्सार बुझाएको थियो । भदौ २९ र असोज ७ गते भन्सार छलीको चिनी सहित नियन्त्रणमा लिएका तीनवटा ट्रक कार्तिक १७ गते गुपचुप छाडिए पछि जिल्ला भन्सार कार्यालय सर्लाहीको नियतमा खोट देखिएको छ ।
भन्सार विभागको ताकेता
पहिला आर्थिक चलखेलमा परेर खुसुस्क ट्रक छाडेका भन्सार अधिकृत झालाई विभागले स्पष्टिकरण माग गरी छाडिएका ट्रकहरु फिर्ता लिन ताकेता गर्दै विभागमा तानेको थियो ।
प्रक्रिया पुरा नगरी आर्थिक चलखेलबाट छाडिएका तीन वटै ट्रकको विषयमा भन्सार विभागका महा प्रवन्धक चक्र बहादुर बुढालाई गोप्य स्रोतले जानकारी गराएपछि विभागले भन्सार अधिकृत झालाई पटक पटक स्पष्टिकरण सोधेको थियो भने छाडिएका तीनवटै ट्रक फिर्ता लिन निर्देशन दिएको थियो । त्यसपछि भन्सार अधिकृत झा ना ७ ख ६१४५,प्रदेश २–०३–००१ ख ६५८५ र मधेश प्रदेश ०३–००१ ख ७५८८ ट्रक भन्सार कार्यालय सर्लाहीमा फिर्ता ल्याएका छन् ।
भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार आफुहरुले ट्रक छाडेको र त्यो नीयमसंगत रहेको दाबी गरेका भन्सार अधिकृत झालाई सोही ऐन अनुसार फेरी ट्रक फिर्ता लिनु पर्दा निकै सकस भएको थियो । पहिला आर्थिक प्रलोभनमा परेर भन्सार ऐनको ५०(६) क र ५७ (१) ख अनुसार भन्दै अवैधानिक रुपमा छाडिएका ट्रकले भन्सार अधिकृत झाको अहिले निदहराम मात्र भएको छैन ।उनलाई अब ट्रक निल्नुकी ओकल्नु भएको छ । भने चार सय ८०बोरा चिनी प्रक्रियागत रुपमा लिलामी गरेका भएपनि पहिलाको नौ सय ८० बोरा चिनी सम्बन्धीत चिनी ल्याउने  मानिसले नै सकार गर्नुले भन्सार अधिकृत झाको निदहराम भएको छ ।
यता ट्रकका मालिकहरुले आफ्नो ट्रक पहिला कसरी छुटेको छ । भन्ने सबै प्रमाणहरु आफुसंग रहेको र फेरी आफ्नो ट्रक भन्सार बुझाउनु पर्दा  तत्कालीन सुरक्षाकर्मीहरुका साथै भन्सार अधिकृत झा,अनुसन्धान अधिकृत साह सहितको पर्दाफाँस गर्ने कमलामाई मिडिया प्रा.लिलाई बताएका छन् । 
ति तीन वटै ट्रकलाई आर्थिक चलखेलमा परेर नछाड्ने अडान लिएका तत्कालीन भन्सार अधिकृत मुरारी प्रसाद काफ्लेको तीनै ट्रक र चिनी काण्डलाई बाहना बनाउँदै विभागले समयावधि नै नपुगि सरुवा गरेको थियो । भने भन्सार अधिकृत झालाई रातारात सर्लाही पठाएको थियो ।
के गर्दै छन् भन्सार अधिकृत झा
भन्सार अधिकृत झा जिल्ला भन्सार कार्यालय सर्लाहीका अनुसन्धान अधिकृत नरेश साहले भन्सार विभागको कुन कार्यविधि,नियमावली र ऐन अनुसार ट्रक छाडे भन्ने सोध्न भन्दै आफु जोगिन खोजेका छन् । भने बचाई दिन भन्दै नेकपा(एमाले)का नेताहरुसंग हारगुहार मागि रहेका छन् । तत्कालीन सरकारमा एमालेका अर्थमन्त्री विष्णु पौडेल रहेका कारण उनलाई एमाले खोली तर्ने लौरी साहारा भएझैँ लागेको थियो । तर अहिले एमाले सरकारबाट बाहिरिए पछि भन्सार अधिकृत झाको निदहराम भएको छ ।
तीन वटा ट्रक र नौ सय ८० बोरा चिनी काण्डले भन्सार अधिकृत झा अहिले आफ्नो जागिर धरापमा परेपछि विभिन्न राजनीतिक दलका नेताहरुकोमा गुहार माग्न पुगेका हुन । उनले केही एमालेका नेताहरुलाई प्रलोभनमा पारेर जसरी पनि आफ्नो समस्या समाधान गर्ने योजना बनाएका उनी निटक स्रोतको दाबी छ । तर भन्सार अधिकृत झाले आर्थिक प्रलोभनमा नपरि यतिठुलो हिम्मत नगरेको स्पष्ट हुन्छ।  
 तीन वटा ट्रक रनौ सय ८० बोरा चिनी काण्डको विषयमा विभागबाट आएको ताकेतालाई समाचार नलेखिदिन भन्दै भन्सार अधिकृत झाले कमलामाई मिडिया प्रा.लिलाई विभिन्न राजनितिक दलका नेता तथा अन्य मानिसहरुबाट दैनिक दवाव समेत दिएका छन् ।  आफ्नो जागीर धरापमा परेको भन्दै उनीले विभिन्न राजनितिक दलका नेता तथा स्थानीय भद्र भलाद्मीहरुबाट कमलामाई मिडिया प्रा.लिलाई दवाव सृजना गरेर आफुहरु उन्मुक्ती पाउन प्रयास गरेका थिए । तर कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालित कमलामाई खबर डटकमले दबाबलाई सामान्य रुपमा बुझ्दै निरन्तर समाचार सम्प्रेषण गरिरहेपछि भन्सार अधिकृत झाको विभागले अन्य अन्यन्त्र सरुवा गरेको भन्सार स्रोतले जनाएको छ ।
दुई वटा ट्रक र नौ सय ८० बोरा चिनी भन्सार छली ल्याउने एक स्थानीय व्यापारीलाई काखी च्यापेका भन्सार अधिकृत झा आफु उम्कने प्रयास गरेपनि नौ सय ८० बोरा चिनीको लिलामीको प्रज्ञापन पत्र देखाउनु परेमा उनको जागिर समेत धरापमा पर्ने स्रोतको दाबी छ ।

भने अबपुन नियन्त्रणमा आएका तीन वटा ट्रक फेरी कसरी छुट्लान वा कार्बाही के होला हेर्न बाँकी छ । भनेनौ सय ८० बोरा चिनीको लिलामी प्रक्रिया कसरी भएको थियो त्यो बुझ्न बाँकी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech