माेरङ सहित देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्।व्यवसायीहरूले बिहीबारदेखि आफ्ना सुनचाँदी पसलहरु बन्द गरी आन्दोलन सुरु गरेका हुन। सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी संघ माेरङका अध्यक्ष अध्यक्ष शशी भूषण साहले बताए।

राज्यले व्यवसायीहरू निर्धारण गरेको सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिताको राजश्व खारेज गर्नुपर्ने,हिरा र जवाहरात जडित गरगहनामा लागू गरिएको मूल्य अभिबृद्धि कर पुनर्विचार गरी खारेज गर्नुपर्ने , व्यवसायीहरू हित, संरक्षण र विकास लागि कानुन निर्माण गर्न महासंघले माग गरेकाे छ ।

त्यस्तै राजश्व फेरबदलमा विस्तृत अध्ययन सहितको संशोधन गर्नुपर्ने,भन्सार दर छ प्रतिशत कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप परीक्षण व्यवस्थापन गर्नुपर्ने र निर्यातमा दुई दशमलव पाँच प्रतिशत टिडिएस लाग्ने व्यवस्था गर्नुपर्ने माग सहित देशव्यापी आन्दोलनमा उत्रिएको सुनचाँदी ब्यवसायी संघ काेशी प्रदेशका अध्यक्ष एवम त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए ।

घरेलु कला र सीपमूलक सुनचाँदी पेशाबाट हजारौ कालिगढको परिवारको रोजिरोटी चलेको भन्दैं सरकारले सुनचाँदी पेशाबाटनै पलायन गराउने ढंगबाट काम गरेकाले आफुहरु बाध्य भएर सडकमा आउनुपरेको उनकाे भनाइ छ । सरकारले वजेट भाषणबाट सुनको खरिद विक्रीमा अनिवार्य दुई प्रतिशत कर लगाउदा सुन तोलामा चार हजार बढी तिर्नुपर्ने हुन्छ । यसबाट उपभोक्ता र व्यवसायी दुवै मारमा पर्ने र व्यवसायबाट समेत पलायन हुने व्यवसायीहरुले बताएका छन् ।
अहिलेको वजेट भाषणबाट २० हजार भन्दा वढी सुन व्यवसायी र डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत सुनचाँदी व्यवसायीहरुले बताएका छन् । छिमेकि मुलुक भारतमा भन्दा नेपालमा भन्सार दर चार प्रतिशत बढि भएकोले त्यसलाई घटाएर भारतमा जस्तै छ प्रतिशत भन्सार दर बनाउन पनि ब्यवसायीहरूले माग गरेका छन ।
संघर्षका कार्यक्रम अनुसार जेठ २९ गते पसल बन्द गरेर चाँबी सहित ७७ वटै जिल्ला प्रशासनहरु र राजश्व कार्यालयहरुमा ज्ञापन पत्र बुझाएका छन् ।