बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

195 Shares

सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित संग्रामपुर–बाँके सडक खण्डमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
ग १ ख ९४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा महोत्तरीको गौशाला नगरपालिका–१२ का अन्दाजी ३५ वर्षीय श्याम ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाईते भएका ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनापछि बसका चालक बद्री मण्डल फरार रहेका छन् भने प्रहरीले खोजी तथा अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार