Close This

हरिपुर्वा नगरपालिकामा ५ हजार परिवारलाई राहत वितरण गरिने 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-९ गते   ५२३ पटक हेरिएको

कारोना भाईरस(कोभिड १९ ) विश्वभर तिव्र रुपमा फैलिरहेको छ । कोरोना संक्रमण न्युनिकरण गर्न नेपाललाई लकडाउन गरिएको १ महिना पुगेको छ । लकडाउनका कारणका दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक तथा विपन्न परिवार पनि उतिबेला समस्या परेका छन ।
समस्यामा परेका अतिगरीब  विपन्न परिवारलाइ जिल्लाकोे हरिपुर्वा नगरपालिकाले बिहिवार देखि राहत वितरण कार्य सुरु गर्ने भएको छ  । नगरभित्रका राजनैतिक दलका प्रतिनिधिहरु जनप्रतिनिधिहरुले तयार पारेको नामावलीका आधारमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक गरीब तथा विपन्न परिवारलाई बिहीबारबाट राहत बाँड्ने हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेब रायले बताउनु भयो ।
९ वटा वडा रहेको नगरपालिकामा वडाध्यक्षहरु तथा स्थानिय राजनैतिक दलहरुले नामावली संकलनमा ढिलाइ गरेको कारण राहत बितरणमा ढिला सुस्ती भएको अधिकृत रायले बताउनु भयो । नगरपालिकाले राहत पाउन सक्ने अति बिपन्न र गरीबको नामावली लिखित रुपमा जानकारी गराउन दुई हप्ता पहिले नै सूचना गरिसके पनि गएको शुक्रवार मात्र ६ वटा वडाले लिखित रुपमा र ३ वटा वडाले मौखिक रुपमा जानकारी गराए पछि नगरपालिकाले उक्त परिवारहरुको लागि राहत सामग्रीको प्याकिगं शुरु गरेको नगरप्रमुख सियाराम रायले बताउनुभयो ।
बिपद व्यवस्थापन कोषबाट करिब ५२ लाखको राहत बितरण गरिने र राहत समाग्रीमा खाद्यान्न तथा नगदरु.३ सय रहेको नगरप्रमुख रायले बताउनु भयो । नगरपालिकामा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर,अति विपन्न र गरीब परिवारलाई लक्षित गरि राहत बितरणको नामावली तयार पारिएको र यसमा सबैको सहमति अनुसार नै राहत बितरण गरिने नगर प्रमुख रायले बताउनुभयो ।
नगरपालिकाले वडा नम्बर  १ मा ४ सय घर परिवार, वडा नम्बर २ मा ३ सय ७५,वडा ३ मा ६ सय ७०, वडा ४ मा ५ सय २७, वडा ५ मा ८ सय १० , वडा ६ मा ३ सय ९४, वडा ७ मा ७ सय ३१, वडा ८ मा ५ सय १०, वडा ९ मा १ हजार १० गरी कुल ५ हजार ४ सय २७ परिवारलाई राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech