सर्लाहीको संग्रामपुरबाट रातीको समयमा भारतिय माछा,कुखुरा लगायत भन्सार छलीको काम अझै भई रहेको छ । जिल्लाको संग्रामपुर सहित नेपाल प्रहरीको तीनवटा प्रहरी चौकी र शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका सुरक्षाकर्मीहरुको सहयोगमा संग्रामपुर,नारायणपुर रपर्साबाट रातीको समयमा भारतिय माछा,कुखुरा लगायत भन्सार छलीको काम अझैँ भई रहेको एक सुरक्षाकर्मीले बताए ।
उनका अनुसार शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक सुधिर खतिवडा,प्रहरी चौकी संग्रामपुरका प्रहरी बरिष्ठ सई जीवन खड्का,प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरिक्षक(असई) रामकृपाल साह,प्रहरी चौकी पर्साका प्रहरी सई भगवान सिंह भण्डारीको मिलेमतोमा रातीको समयमा हुने गरेको भारतिय माछा,कुखुरा लगायत भन्सार छलीका अन्य विभिन्न सामानहरु सो क्षेत्रमा प्रहरी प्रमुखहरु परिवर्तन भएपनि निरन्तर भई रहेको पाइएको हो ।
संग्रामपुुर र पर्सा बोर्डरबाट गण्ेश साह र अशोक यादवले रातीको समयमा भारतबाट माछा,कुखुरा लगायत भन्सार छलीका अन्य विभिन्न सामानहरु ल्याउने गरेका एक सुरक्षाकर्मीले बताए ।उनका अनुसार नेपालबाट बालुवा भारत जाने र भारतबाट माछा,कुखुरा लगायत अन्य भन्सार छलीका विभिन्न सामानहरु नेपाल आउने गरेका छन् ।
शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक खतिवडा आफुलाई बागमती प्रदेशका मुख्य मन्त्री शालीकराम जमरकट्टेल र बरिष्ठ पत्रकार ऋषि धमालाको मान्छे भन्दै जिल्लाको निर्देशन विपरित जसरी पनि पैसा काउने दाउमा लागेका ती सुरक्षाकर्मीको भनाई छ ।
नाम नबताउने सर्तमा एक सुरक्षाकर्मीले भने आफुहरुले बोर्डरमा राती तथा दिउँसोको समयमा डिउटी जाँदा शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक खतिवडालाई पाँच सय प्रतिव्यक्ति दिनुपर्छ । सिमाको रिर्पोटिङ्मा गएका पत्रकारलाई समेत अभद्र व्यवहार गर्न पल्केका शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक खतिवडालाई माथीबाट सोध्दा केही पनि चलेको छैन । भन्छन् तर हामीसंग डिउटी जाँदा पनि पाँच सय प्रतिव्यक्ति लिन्छन् । उनले गुनासो गरे ।
शसस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट(बिओपी)संग्रामपुरका शसस्त्र प्रहरी निरिक्षक खतिवडाले कमलामाई मिडिया प्रा.लिको टिम सिमाको रिर्पोटिङको लागि जाँदा पनि देखाई दिने भन्दै धम्की लगाएका थिए । भने अरु केही सञ्चारकर्मीहरुलाई दुव्र्यवहार समेत गरेका थिए । सो विषयमा शसस्त्र प्रहरी वल नेपालका प्रमुख आईजीपी राजु अर्याललाई जानकारी गराउँदा के रहेछ आफुले बुझ्ने बताएका छन् ।