सर्लाहीको बागमती नगरपालिका–९ निर्माण चोक स्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्की एक जना घाईते भएकी छिन्।बरहथवाबाट निर्माण चोक तर्फ जाँदै गरेको बा.प्र.०३००१ ज ०७७६ नम्बरको विद्युतिय हाईसले ठक्कर दिँदा पैदल यात्री बागमती नगरपालिका–९ की अन्दाजी वर्ष ५५ कि जय कुमारी देवी र बागमती नगरपालिका–१० की अन्दाजी वर्ष ४० कि पुनम देबी यादव घाईते भएका थिए ।
प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले तानेर ल्यउँदै गरेको उक्त बिग्रिएको विद्युतिय हाईसले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका दुवै जनालाई उपचारको लागी कलैया तर्फ पठाइएकोमा प्रादेशिक अस्पताल कलैया बारामा उपचारको क्रममा जय कुमारी देवीको मृत भएको अस्पताल स्रोतले जनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा संग्लग्न दुई वटै सवारी साधनहरु र चालकहरु प्रहरीको नियन्त्रणमा रहेका छन् भने घाइते पुनम देवी यादवको राजलक्ष्मी हस्पिटल कलैयामा उपचारमा भईरहेको छ।यता जय कुमारी देवीको शव प्रादेशिक अस्पताल कलैया बारामै रहेको प्रहरीले जनाएको छ ।