फौजदारी कसुरमा पहाडीलाई सर्लाही जिल्ला अदालतको सफाई

260 Shares

फौजदारी मुद्धा अन्र्तगत नेपाल सरकारको जाहेरीले ठगी सम्बन्धी कसुरमा मुद्धा चलाईएका एस.पी गौरब भन्ने शंखर पहाडीलाई सर्लाही जिल्ला अदालतले सफाई दिएको छ।२०८१ बैशाख ३ गते सिन्धुलीको सुनकोसी गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ का सुरेन्द्र कार्की(नेपाल सरकारको जाहेरी)ले ठगी सम्बन्धी कसुरमा मुद्धा चलाईएका पहाडीलाई २५ महिनापछि बैशाख १५ गते सर्लाही जिल्ला अदालतका न्यायधीश महेन्द्रराज काफ्लेको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाई दिएको हो ।
ईलाका प्रहरी कार्यालय हरिवनमा दर्ता भएको मुद्धाको अनुसन्धानको सिलसिलामा पहाडीलाई २८ दिन हिरासतमा राखेर रु एक लाख धरौटीमा २०८१ बैशाख ४ गते सर्लाही जिल्ला अदालतले तारेखमा थुनामुक्त गरेको थियो।त्यसयता निरन्तर तारेखर र पेशी गर्दै १७ औँ पटकको पेशीमा पहाडीलाई न्यायधीश काफ्लेको इजलासले सफाई दिएको हो।अदालत स्रोतका अनुसार मोटरसाईकल किनबेचको विषयलाई लिएर ठगी सम्बन्धी जाहेरी परेको र जाहेरवाला(कार्की) वयान दिन समेत अदालतमा २५ महिना सम्मपनि उपस्थित भएका थिएनन्।छ पटक सम्म म्याद काटेर पनि निवेदकको तर्फबाट अदालतमा वयानका लागि कोहीपनि  उपस्थित नभएका र घटनाका विवरणहरु अध्यायन गर्दा दोषी देखिने अभियोग पुष्टि हुन पर्याप्त आधार नदेखिएको निष्कर्षसहित पहाडीलाई दोषमुक्त गरिएको अदालत स्रोतले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिवनका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक अनलिराज गिरीले जरुरी पक्राउ पुर्जी लिएर २०८० चैत्र ६ गते लालबन्दी नगरपालिका ६ स्थित साझा संस्था क्षेत्रबाट पहाडीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएका थिए।दिउँसो करिब १२ बजे पक्राउ परेका पहाडीलाई जघन्य अपराधी झैँ करिब दिउँसो २ बजे भित्रै सर्लाही जिल्ला अदालतबाट म्याद थपेर  हिरासतमा राखेको प्रहरीले आफ्ना कर्तुतहरु बाहिर ल्याएको भन्दै प्रतिसोधपूर्ण तरिकाले पहाडीलाई हिरासतमा समेत जघन्य अपराधी झैँ नजर वन्द जस्तै राखेको पीडित पहाडीले बताए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीको विगतलाई समेटेर समाचार लेखेको भन्दै प्रहरीले प्रतिसोधपूर्ण तरिकाले आफुलाई फसाएको पहाडीले बताएका थिए।उनी विगत करिब १७ वर्षदेखि पत्रकारिता गरि रहेका छन् ।
के थियो प्रहरी उपरीक्षक ज्ञवालीको विषयमा २०८० फागसन १७ मा प्रकाशित समाचारमा 
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली आएपछि सर्लाहीका नाकाहरुमा तस्करहरुले अखडा जमाउन थालेका छन्।करिब दश दिन पहिला मात्र जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख भई आएका प्रहरी उपरीक्षक ज्ञवालीले सर्लाही आए लगतै तस्करहरुलाई तस्करीको बाटो खुल्ला गर्न घुमुवा छान्न थालेपछि सर्लाहीका नाकाहरुमा तस्करहरुले अखडा जमाउन थालेका हुन् ।
उनले यस अघि घुमुवाको काम गरि रहेका घुमुवा प्रहरीहरुलाई हटाएर आफु अनुकुलका प्रहरी अधिकारीहरुलाई घुमुवाको रुपमा परिचालन गर्ने तयारी गरेका छन्।प्रहरी संगठनको नीतिमा घुमुवा वा सादा पोशाकमा प्रहरी परिचालन गर्न नपाइने भएपनि प्रहरी उपरिक्षक ज्ञवालीले तीनजनालाई मुख्य घुमुवा राख्ने तयारी गरेका छन् ।
हाल ईलाका प्रहरी कार्यालय हिरापुरका प्रमुुख रहेका सई मोहन यादवको नेतृत्वमा हबल्दारद्वय विजय यादव र बच्चालाल यादवलाई मुख्य घुमुवा राखेका छन्।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाही बोलाएर प्रहरी उपरिक्षक ज्ञवालीले घुमुवा राखेका प्रहरी स्रोतको दावी छ ।
प्रहरी उपरीक्षक नरेश राज सुवेदी र प्रवीण धिताल सर्लाहीमा रहँदा कुना पसेका तस्करहरु प्रहरी उपरीक्षक ज्ञवालीको आवागमन पछि हौसिएका छन्।प्रहरी उपरीक्षक सुवेदी र धितालले  जो प्रहरी प्रमुख सर्लाही आए पनि सर्लाहीमा लाइन मिलाएर कमिसन असुलीमा लाग्छन् भन्ने रेकर्ड तोडेर तस्करहरुलाई कुना पस्न बाध्य बनाएका थिए तर प्रहरी उपरीक्षक ज्ञवाली सर्लाही आएपछि ती तस्करहरु फेरि सल्बलाउन थालेका हुन् ।
करिब ५१ किलो मिटर भारतसंग खुल्ला सिमाना रहेको सर्लाहीको सबै नाकाबाट प्रहरीको संरक्षणमा पुनःतस्करी सुरु हुने भएको छ।नेपाल सरकारका उप प्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी रोक्न भन्दै मधेश प्रदेशको सुरक्षा बैठकमा कडा निर्देशन दिएका भए पनि मधेश प्रदेशका कुनै पनि नाकामा तस्करी रोकिएको छैन ।
जिल्लाको पुर्व संग्रामपुरदेखि पश्चीम छतौना सम्मको नाकाबाट भारतीय सामाग्रीहरू रड, कपडा,सिमेन्ट ,चिनी,तेल, चामल,मलखाद्य, धान,आलु प्याजका साथै स्पेयर पार्टस्,कुखुरा,कुखुराका चल्ला,अण्डा तथा किरानाका सामानहरुका साथै सुर्तीजन्य पदार्थहरु तस्करहरुले नेपाल ल्याउने र नेपालबाट सुपारी,मरिच,मदिरा,अलैंची,चाइनिज इलेक्ट्रोनिक सामाग्रीहरू,कस्मेटिकका  साथै गिट्टी र बालुवा भारत तर्फ पुर्याउने गरेका थिए ।
तस्करहरूले दिनहुँ खुलेआम भारतीय सामाग्रीहरू अवैध रुपमा नेपाल भित्र्याउने र यताबाट भारततर्फ निकासी गर्ने गर्दा सरकारलाई प्राप्त हुने करोडौं रुपैँया राजश्व चुहावट हुने गरेको थियो।तस्करहरुले तस्करीको सामानहरू जिल्लाको लालबन्दी,हरिवन,बयलवास र बरहथवाका साथै सिन्धुली,रामेछाप,दोलखा र काठमाडौं सम्म पुर्याउने गरेका व्यापारीहरुले  नै बताउँछन् । जिल्लाका होटलहरु,मदिरा भट्टी,नदीजन्य पदार्थ र जिल्लाका गोरु बजारहरुका साथै खसी बाख्रा बजारबाट समेत प्रहरी उपरिक्षक ज्ञवालीको निर्देशनमा कमिसन असुली सुरु हुने गरेको स्रोतको दाबी छ।उनले जिल्लाका तस्करहरुलाई भेटेर समाचारहरु आउन थालेका छन्।समस्या नहोस मिलाएर काम गर्नु भनेका छन् ।
के छ प्रहरी उपरिक्षक ज्ञवालीको विगत ?
तत्कालीन प्रहरी निरीक्षक भई हुसोहखुट्टेको प्रमुख सम्हालेको समयमा हप्ते असुलीमा लागेका र प्रहरी नायव उपरीक्षक हुँदा ललितपुर प्रहरी परिसर जावलाखेलमा अपराधिक गतिविधिमा संलग्नहरुसँग साँठगाँठ र उठबस गरेको पाइएपछि उनी कारबाहीमा समेत परेका थिए।कडा कुरा गर्न माहिर प्रहरी उपरिक्षक ज्ञवालीले केही दिन पहिला सर्लाहीका सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा जिल्लाका नेता,मन्त्री,जनप्रतिनिधिहरुका साथै पत्रकारहरुले दवाव नदिए गैर कानुनी गतिविधिहरु पुर्ण रुपमा नियन्त्रण गर्ने बताएका थिए तर घुमुवा छनोट सुरु गरेपछि उनको गफ “काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर”भने झैँ हुने आशंका सुरु भएको छ ।

सम्बन्धित समाचार