प्रहरीले बरामद् गरि बुझाएको विल विजक विनाको सामान राजश्वद्धारा आर्थिक चलखेल गरि छुट्याे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-१ गते   ५६८ पटक हेरिएको

हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरको नामले परिचित रोहित एण्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक सन्तोष साह

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरको नामले परिचित सन्तोष साहको रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिबाट बरामद् भई राजश्व अनुसन्धान कार्यालय पथलैयामा अनुसन्धानमा रहेका तीन वटा ट्रक सहित ठुलो मात्रामा रहेको भन्सार छलीको सामान छुटेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको ट्रक सहित सामान ठूलो आर्थिक चलखेल गरि छुटेको पाइएको हो ।
रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिले भन्सार छलि ल्याउँदै गरेको अवस्थामा तीन वटा ट्रक सहित ठुलो परिमाणमा भन्सार छलीका विभिन्न किसिमका सामानहरु बरामद् गरि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएकोमा कार्यालयले ठूलो मात्रामा आर्थिक चलखेल गरि विना सर्त पठाएको स्राेतको दाबी छ ।
हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरको नामले परिचित सन्तोष साहको रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिले भन्सार छली नेपाल तर्फ विभिन्न किसिमका सामानहरु लिएर आउदै गरेको अवस्थामा ना ५ ख १०८,ना ५ ख ७१८३ र प्रदेश २ ०३ ००१ ख ७३६६ नम्बरका तीन वटा ट्रकमा रातो मोटर,हरियो मोटर,चिनी,दाल,जुटको बोरामा चालम,सुजि पिठो,खानेतेल,चिउरा,चना दाल,पापड,मैदा र काजु गरि ठुलो परिमाणमा बरामद् गरि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए 
उनका अनुसार ना ५ ख १०८,ना ५ ख ७१८३ र प्रदेश २ ०३ ००१ ख ७३६६ नम्बरका तीन वटा सवारीसाधनमा गरि  रातो मोटर २० बोरा ,हरियो मोटर ६६ बोरा,चिनी २६ बोरा,दाल ४ बोरा,जुटको बोरामा चालम ४ ,सुजि पिठो ६ बोरा,खानेतेल ४० कार्टुन,चिउरा ३ बोरा,चना दाल २ बोरा,पापड १५ बोरा र काजु ४५ बोरा र मैदा भन्सार छलिको सामान बरामद् गरि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको थियो ।
प्रहरीले सो सामान सर्लाहीको कुन सिमा नाकाबाट भन्सार छलि नेपाल प्रवेश गर्यो भन्ने विषयमा अनुसन्धान गरि रहेको अवस्थामा राजश्व अनुसन्धान कार्यालय पथलैयाले विभिन्न कारण देखाउँदै सहजै छाडिदिएपछि कार्यालय प्रति सबैको आशंका सुरु भएको छ ।
कार्यालयलाई ती तीनवटा ट्रक र भन्सार छलीका सामानहरुको विषयमा के हुँदै छ ? भन्ने कमलमाई मिडिया प्रा.लिको प्रश्नमा विल भएका सामानहरु र ट्रकलाई सहजै र विल नभएको सामान जरिवाना गराएर छाडिएको कार्यालयका अधिकृत तिर्थ पासवानले बताए ।उनका अनुसार नियन्त्रणमा लिएका सामानहरु र गोदाममा रहेका सामानहरुको सवालमा विभागमा अनुसन्धानको लागि प्रतिवेदन पठाइएको छ ।
तर राजश्व कार्यालय बुझाएको कुनै पनि सामानहरुको विल विजक नरहेको र भन्सार छली नेपाल भित्र्याईएको पाइएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । तीन दिनको समय दिएर फर्किएको राजश्वको टोलीलाई भ्रममा पारी हरिवन नगरपालिका ११ स्थित रहेको रोहित एण्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक सन्तोष डिलरको नामले परिचित सन्तोष साहले विभिन्न मानिसहरुसंग भन्सार छलीका सामानहरु सकार गरेको विल विजक जम्मा गरि पेश गरि सामान निकालेका स्रोतको दाबी छ ।यसबाट राजश्व अनुसन्धान कार्यालय पथलैया कमिसनका लागि जे गर्न पनि तयार हुनछ भन्ने प्रष्ट देखिएको छ ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech