रक्षा मन्त्री उप्रेती सोमबार सर्लाही आउँदै

115 Shares

नेपाल सरकारका रक्षा मन्त्री सोमबार(भोली)सर्लाहीको हरिवन नगरपालिका १२ स्थित कैलाशपुरीमा रहेको मानवसेवा आश्रम सर्लाही शाखाको कार्यक्रममा आउने भएका छन् ।हरिवन नगरपालिका १ स्थित कैलाशपुरीमा रहेको मानवसेवा आश्रम सर्लाही शाखाको आय/व्याय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक समारोहलाई सम्बोधन गर्न नेपाल सरकारका रक्षा मन्त्री हरि प्रसाद उप्रेती सोमबार(भोली)सर्लाही आउने उनको निजी सचिवालयले जानकारी दिएको छ ।
मानवसेवा आश्रम हरीवन,सर्लाही शाखाको आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्मको लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्त सम्मको आय व्याय विवरण एवम सो समयको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथिको रुपमा रक्षा मन्त्री उप्रेती सर्लाही आउने भएका हुन ।

सम्बन्धित समाचार