Close This

जिर्ण सडकको मर्मत सम्भारको माग राख्दै पुवृ पश्चीम लोकमार्ग स्थित लालबन्दी १ नवलपुरमा चक्काजाम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२ गते   ३१ पटक हेरिएको

पूर्व–पश्चिम लोकमार्ग स्थित लालबन्दी नगरपालिका १ नवलपुरमा सडक मर्मत गर्न माग गर्दैै स्थानीयले बिहिवार(आज) अपरान्ह केहीबेर लोकमार्ग अवरुद्ध गरेका छन् ।
पुर्व पश्चीम लोकमार्ग दिनप्रतिदिन जिर्ण बन्दै गएको र मर्मत सम्भारको काममा सरोकारवाला निकाले बेवास्ता गरेका भन्दै स्थानीयहरुले करिब आधा घण्टा लोकमार्ग अवरुद्ध गरेका हुन ।  लालबन्दी नगरपालिका–१, नवलपुरका स्थानीयवासी र व्यापारी,व्यावसायीहरु मिलेर लोकमार्गको मर्मत सम्भारको माग गर्दै सडक केही समय अवरुद्ध पारेका स्थानिय सुसिल चालिसेले जानकारी दिनु भयो ।
सडकको दायाँबायाँ जोतेर राखिएको र त्यसको मर्मत सम्भार नभएको साथै पानी हाल्ने समेत काम नभएको जसका कारण धूलोले बस्नै नसक्ने अवस्था रहेको स्थानियले बताएका छन् ।  सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केशरीले तत्कालै सडक मर्मतको काम अघि बढाउने प्रतिवद्धता जनाएपछि स्थानीयले अवरुद्ध सडक खुल्न दिएका स्थानिय प्रहरीले जनाएको छ । सर्लाहीमा अहिले पूर्व–पश्चिम लोकमार्ग अत्यन्त जिर्ण अवस्थामा छ भने मर्मत  सम्भारमा सरोकारवाला निकाय मौन देखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech