विद्यालयको जमिन रक्षामा विद्यालय प्रशासनको गैर जिम्मेवारपुर्ण जवाफ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-३१ गते   ५११ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता माविको चापिनी नदी किनारमा रहेको जमिनको विषयमा कमलामाई खबर डटकमले प्रकाशन गरेको समाचार प्रति विद्यालयले गैर जिम्मेवारपुर्ण अभिवक्ति दिएको छ । विद्यालयले एक विज्ञप्ती जारी गर्दै कमलामाई खबर डट कममा प्रकाशित “सार्वजनिक जमिन हडप्न जनप्रतिनिधिदेखि स्थानीयसम्म सक्रिय,प्रधानाध्यापक मौन” शिर्षकमा प्रकाशित समाचार प्रति लक्षित गर्दै विद्यालयले गैर जिम्मेवारपुर्ण जवाफ दिएको हो ।
कमलामाई खबर डटकमको टिमलाई अनौपचारी रुपमा हरिवन नगरपालिका ८ का वडा अध्यक्ष वडाध्यक्ष प्रज्वल ढुंगानाले आफ्नो जमिनसंग जोडिएको ऐलानी जमिनको सिफारिस दिएको अनौपचारी रुपमा बताएको भएपनि आफ्नो टाउको जोगाउन विद्यालयले हरिवन नगरपालिका ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना र विद्यालयको प्रधानाध्यापक नै संलग्रता भन्ने समाचार प्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक जय शंकर सिंहले वडा अध्यक्ष ढुंगानाले सो जमिनको सिफारिस दिएका थाहा पाएपछि वडालाई पत्र लेखेको भएपनि सो पत्र नगरपालिकामा पुगि स्पष्ट नभएको भन्दै विद्यालय मै फर्किएको तर अहिले समाचार नबनाउनु कमलामाई खबरडटकमको टिमलाई बताएका थिए । सो कुरा वडा अध्यक्ष ढुंगानाले पनि बताएका छन् ।
उनले ठेक्काको तिथि मिति र ठेक्का कसले लिनु भएको भन्ने प्रश्नमा स्पष्ट नबताएका भएपनि  मैले रेकर्ड हेर्नूपर्छ भनेका र सोही विषयलाई लिएर हरिवन नगरपालिका ८ का वडा अध्यक्ष ढुंगानासंग हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा रहेको सानीमा विकास बैक मुनी भेटी सोध्दा उनले १० वर्ष भन्दा बढी समय भोग चलन गरेका मासिनको नाममा सिफारिस गरेको र सो समयमा विद्यालयले स्पष्ट नपारेको बताएका थिए ।यसबाट पनि विद्यालयको जमिन हडप्न प्रधानाध्यापक सिंह आफै सक्रिय रहेको स्पष्ट हुन्छ ।
आखिर के थियो कमलामाई खबर डटकममा साउन २९ गते प्रकाशित समाचारमा 
सार्वजनिक जमिन हडप्न जनप्रतिनिधिदेखि स्थानीय सम्म सक्रिय,प्रधानाध्यापक मौन
सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको महादेव जनता माविको जमिन स्थानीय तह र स्थानीयको मिलेमतोमा हडप्ने प्रयास भएको छ ।हरिवन नगरपालिका ८ स्थित चापिनी नदी किनार नजिकै रहेको महादेव जनता माविको जमिन हरिवन नगरपालिका ८ का वडा अध्यक्ष र स्थानीयको मिलेमतोमा हडप्ने प्रयास भएको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार महादेव जनता माविको नम्बरी १ बिघा ८ कठ्ठा जमिनसंग सिमाना जोडिएको विद्यालयले लामो समयदेखि भोगचलन गरि रहेको विद्यालयको स्वामीत्वमा रहेको ऐलानी जमिन हरिवन नगरपालिका ८ का वडा अध्यक्ष प्रज्वल ढुंगाना र स्थानीय गेहेन्द्र सुवेदीको मिलेमतोमा हडप्ने प्रयास भएको हो ।
 स्थानीय सुवेदीले विगत लामो समयदेखि विद्यालयको सो जमिन ठेक्का गर्दै आएका र सो जमिनसंग जोडिएको खुल्ला ऐलानी जमिन पनि उनैले विद्यालयसंग ठेक्का लिएर विगत लामो समयदेखि भोगचलन गर्दै आएका प्रधानाध्यापक सिंहले बताए ।उनका अनुसार विद्यालयको नाम र स्वमीत्वमा रहेको सो जमिन वार्षिक रु ५० हजार विद्यालयलाई दिने सर्तमा २ कार्यकालका लागि सुवेदीले ठेक्का गरेका थिए ।सोही समयमा सुवेदीले ऐलानी जमिनको माटोकाटी बेचि विद्यालयको नाममा रहेको नम्बरी जमिन ठेक्का गर्न छाडेका भएपनि ऐलानी जमिन आफ्नो नाममा गराउने तयारी गरेका थाहा पाइएको प्रधानाध्यापक सिंहले बताए ।
उनका अनुसार विद्यालयको नाममा रहेको नम्बरी जमिनसंग सिमाना जोडिएको विद्यालयको स्वामित्वमा रहेको ऐलानी जमिन सुवेदीले वडा कार्यालयमा गई आफ्नो नाममा गराउने प्रयास गरेका थाहा पाएपछि विद्यालयले आफ्नो जमिन हो भनी वडा कार्यालयलाई लेखि पठाएको प्रधानाध्यापक सिंहले बताए ।
वडा कार्यालयलाई पत्र लेखेको भएपनि सो पत्र हरिवन नगरपालिकामा पुगि विवरण स्पष्ट नभएको भनि फेरी विद्यालय मै फर्किएर आएको विद्यालय प्रशासनले जनाएको छ । विगत लामो समयदेखि विद्यालय व्यावस्थापन समिति नहुनु र विद्यालयले पनि लामो समयदेखि ठेक्का नलगाई जमिन खाली राख्नुका साथै नम्बरी जमिनमा मात्र घेराबेरा गर्नुले पनि विद्यालयको जमिन हडप्ने काममा विद्यालयका प्रधानाध्यापक सिंहको समेत संग्लग्नता रहेको हुन सक्ने स्थानीयले बताएका छन् ।
यता,भुमि सम्बन्धी ऐन अनुसार १० वर्ष भन्दा बढी समयदेखि चोगचलन गरि रहेको ऐलानी जमिन सम्बन्धीत व्यक्तिको नाममा गर्न मिल्ने भएकाले सोही अनुसार आफुले सिफारिस गरेको हरिवन नगरपालिका ८ का वडा अध्यक्ष ढुंगानाले बताए ।उनले भने सिफारिस गर्दा विद्यालयले हकदाबी नगरेको र सिफारिस पछि अस्पष्ट पत्र पठाएको छ ।वडाले स्पष्ट पत्र पठाउन भनेको र विद्यालयले स्पष्ट पत्र पठाएमा समस्याको समाधान खोजीने वडा अध्यक्ष ढुंगानाले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech