मधेश प्रदेशका जिल्लाहरुमा कुष्ठरोगीहरुको संख्या अत्याधिक देखिएको छ।मधेश प्रदेशका आठ जिल्लाहरुमा गरी दुई हजार चार सय ७२ कुष्ठ रोगी फेला परेका छन्।आर्थिक वर्ष २०८०÷०८१ को अन्त्यसम्म नयाँ फेला परेका एक हजार ४२ जना महिलाहरु र १४ वर्ष मुनिका नयाँ बिरामीको संख्या एक सय ३६ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव राजेश कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशका जिल्लाहरुमा फेला परेका हुन्।आर्थिक वर्ष २०८०÷०८१ को तथ्यांकलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा एक भन्दा कम यानकी ० दशमलव ९२ प्रतिशत रहेको मनत्रालयले जनाएको छ।तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा एक भन्दा माथि,४८ जिल्लामा एक भन्दा कम,११ जिल्लामा कुष्ठरोगका कुनैपनि नयाँ बिरामी फेला परेका छैनन् ।यस्तै,मधेस,लुम्बिनी र कोशी प्रदेशमा क्रमश रोगको उच्च भार रहेको छ।दोस्रो सबैभन्दा बढी रोगीहरु लुम्बिनी प्रदेशमा रहेका छन्।जहाँ कुल रोगीहरुको एक चौथाई भन्दा बढी रोगीहरु रहेका छन्।