२२ औँ वार्षिक साधारण सभाको तयारीमा सगुन सहकारी, उपस्थिति दर्ता कार्य आजबाट शुरु

3.5k Shares

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.को २२ औँ वार्षिक साधारण सभा अन्तर्गत उपस्थिति दर्ता कार्यको शुक्रवार(आज)बाट शुभारम्भ गरिएको छ । मुख्य कार्यालय हरिवन नगरपालिका–११, को सभा हलमा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले पानसमा बत्ती बालेर उपस्थिति दर्ता कार्यको उद्घाटन गरिएको जानकारी दिनु भयो ।
उहाँका अनुसार कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवम नेपाल बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, संस्थाको वर्तमान कार्य समितिका सचिव राज कुमार उप्रेती, कोषाध्यक्ष विनोद कार्की लगायतको आतिथ्यता रहेको थियो ।
असोज ६ गते हरिवन नगरपालिका ९, स्थित सगुन शिक्षा आवाशिय विद्यालयमा अन्तिम भेला गर्ने तयारीका साथ शुक्रवार(आज)बाट उपस्थिति दर्ता सुरु गरिएको संस्थाले जनाएको छ ।असोज ६ गते बुधबार २२ औँ साधारण सभा गर्ने तयारी गरेको संस्थाले आफ्ना सदस्यहरुलाई निणर्यहरु समेत जानकारी गराउँदैतयारी गर्न पनि आग्रह गरेको सगुन सहकारीका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिनु भयो । उहाँका अनुसार संस्थाले केन्द्रीय कार्यालयसँगै बागमती र लालबन्दीमा रहेको सेवा केन्द्र तथा घुर्कौली, सोल्टी बजार र अत्रौलीमा रहेको वडा कार्यालयहरुमा उपस्थिति दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गरी एकैपटक भीडभाड नहोस् भन्ने उद्देश्यले विभिन्न स्थानमा साधारण सभाका लागि उपस्थिति दर्ता गराउन सुरु गरिएको संस्थाका प्रवन्धक रानाले बताउनु भयो । संस्थाले  कार्यक्रममा सहभागी हुँदा नेपाल सरकारले तोकेको  स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न पनि आग्रह गरेको छ ।

सम्बन्धित समाचार