सर्लाहीको कबिलासी नगरपालिका १० स्थित पिडार चौकमा माेटरसाइकलकाे ठक्करबाट एक पैदल यात्रीकाे ज्यान गएकाे छ । नवलपुर मलंगवा सडक खण्ड अन्तरगत कबिलासी नगरपालिका १० स्थित पिडारी चाेकमा नवलपुरबाट मलंगवा तर्फ जादै गरेको प्र. २-०३-०१४ प १२१४ नंम्बरको मोटरसाईकलले ठक्कर दिँदा नाम थर वतन नखेलेका अन्दाजी वर्ष ५० का पुरुषकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सराेज राईले जानकारी दिए ।
उनका अनुसार नाम,थर वतन नखुलेको अन्दाजी बर्ष ५० का पैदल यात्रीलाई ठक्कर दिदा माेटरसाईकलमा सवारी दुई जना समेतघाइते भएका छन । घाईते हुनेहरुमा कबिलासी नगरपालिका ८ का अन्दाजी वर्ष २२ का रुपेश राय र साेही माेटरसाईकलमा पछाडि सवार उनकी श्रीमाती अन्दाजी वर्ष २० की पिंकी देवी राय रहेका प्रहरीले जनाएको छ ।दुर्घटनामा परी ज्यान गएका पुरुषकाे शव प्रादेशिक अस्पताल मलंगवामा राखिएकाे छ ।