Close This

स्वास्थ्य चौकी भवनको निर्माण कार्य अन्तिम चरणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१ गते   ५१ पटक हेरिएको

सिन्धुलीको मरिण गाउँपालिका  ५ बडी मुहानमा निर्माणाधिन महादेवस्थान स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । स्थलगत अवलोकन पछि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताउनु भयो ।
अमेरिकन सरकारको आर्थिक सहयोग तथा युएस ए आईडीको प्राविधिक सहयोगमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माणाधिन अवस्थामा रहेको छ । रु ८ करोड ५० लाख अमेरिकी सहयोगमा स्वास्थ्य चौकी भवन निर्माण भईरहेको गाउँपालिकाका अध्यक्ष बम्जनले बताउनुभयो । उहाँका अनुसार गत वर्ष निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन यहि भदौ अन्तिम सम्ममा निर्माण सम्पन्न हुने छ ।
नव निर्मित भवनमा स्वास्थ्य चौकीबाट दिने सम्पूर्ण सुविधा संचालन हुने  साथै स्वास्थ्य चौकीमा दाँतका विरामीहरुको पनि उपचार गर्न डेन्टल सेवा पनि संचालन हुने गाउँपालिका ३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विर्मस मोक्तान(प्रख्यात)ले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो ।
उहाँका अनुसार महादेव स्वास्थ्य चौकी भवन अवलोकन कार्यक्रममा मरिण गाउँपालिकाकी उपाध्यक्ष संगिता माझी, वडा अध्यक्ष प्रचार सिं बम्जन, मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखे, परियोजनाका बिशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech