सर्लाहीमा काटेर राखिएको र भर्खरै पसाउँदै गरेको धान बालीमा पछिल्लो वर्षा रहावाहुरीले क्षति पुर्याएको छ ।काटेर खेतमै सुकाएको धान बाली पानीमा डुबेको साथै काट्ने बेला भएको धान हावाहुरीलेलडाएको किसानहरुले बताएका छन् । केही दिनअघिदेखि नै मौसममा परिवर्तन आई रहेकाले पाकिसकेको धेरै जसो धान किसानले काटेर सुकाएका थिए । कतिपयले दशैँकै बेला धान काटेर भित्र्याएका छन् ।
बाँकी किसानहरुले पनि धान काटेर खेतमै सुकाइरहेका भएपनि पानीले डुवाउनुको छ भने काट्ने बेला भएको र पसाउँदै गरेको धानलाई हावाहुरीले क्षेतीपुर्याएको छ।भित्र्याउनै लागेको धान पानी परेर भिजेपछि किसान चिन्तित बनेका छन् । सर्लाहीमा भुगोल अनुसार किसानहरुले छिटो पाक्ने र ढिलो पाक्ने धान लगाउने गरेका छन्।पानीले भर्खरै छरिएको तोरी, चना,मुसुरो,आलसलगायतका दलहन तथा तेलहर बाली,गोलभेँडा,आलु,कोभी जस्ता तरकारी खेतीमा समेत क्षती पुर्याएको छ ।
पानीले गर्दा अब ति बाली पुनः दोहोर्याएर छर्नुपर्ने अवस्था आएको किसानको दुःखेसो छ । अधिकांश किसानलाई दलहन तथा तेलहन बालीको बिउ पाउनै मुस्किल परेको देखिन्छ ।स्थानीयका अनुसार गएराति जिल्लाको दक्षिणी भेगको तुलनामा उत्तरी भेगमा ठूलो पानी परेको छ । लालबन्दी, ईश्वरपुर, हरिवनलगायत क्षेत्रमा जम्ने गरी पानी परेको स्थानीयले बताएका छन् ।