कमिसन मागेपछि बरिष्ठ सई यादवमाथी हातपात, हातपात गर्ने ५ जनामाथी मुद्धा दर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-९ गते   ५६८ पटक हेरिएको

महोतरीको जलेश्वर नगरपालिका स्थित रहेको नगर प्रहरी कार्यालयका प्रमुख बरिष्ठ सई विगन राय यादवले कमिसन मागेपछि स्थानीयले हातपात गरेका छन् । अवकाश हुन करिब १ महिना मात्रै समय बाँकी रहेका बरिष्ठ सई यादवले असोज १ गते बिश्वकर्मा पुजाको दिन आयोजना गरिएको एक कार्यक्रममा कमिसन मागेपछि स्थानीयले हातपात गरेका हुन ।बरिष्ठ सई यादवलाई कमिसन नदिँदा कार्यक्रम गर्न नदिने बताए पछि आक्रोसित स्थानीय उनीमाथी हातपात गरेका ।स्थानीय सुरेन्द्र यादवले बताए ।उनका अनुसार असोज १ गते बिश्वकर्मा पुजाको दिन आयोजना गरिएको एक सांस्कृतिक कार्यक्रममा केही भारतिय महिला कलाकारहरु ल्याएर मनोरन्जन दिने कार्यक्रममा समितिसंग बरिष्ठ सई यादवले कमिसन मागेका थिए ।समितिले कमिसन दिन नसक्ने बताएपछि बरिष्ठ सई यादवले कार्यक्रम सञ्चालन हुन नदिने भनेपनि कार्यक्रममा सहभागी भएका स्थानीयले हातपात गरेका हुन ।
स्थानीयले हातपात गरेपछि बरिष्ठ सई यादव प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि भर्ना समेत भएका जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।स्थानीय हातपातबाट घाईते भएका बरिष्ठ सई यादवको नाकमा ३ वटा टाँका लगाईएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।अनिवार्य अवकाश हुन १ महिना बाँकी रहेका बरिष्ठ सई यादवलाई असोज ७ गते प्रहरी निरीक्षकको दर्जानी चिन्ह लगाउने समयमा नाकमा चोट देखेपछि उनीमाथी हातपात भएको पाइएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताए ।
उनका अनुसार जलेश्वर नगरपालिका ९ मा असोज १ गते बिश्वकर्मा पुजाको दिन आयोजना गरिएको कार्यक्रम राती अवेर सम्म सञ्चालन भएपछि जिल्ला प्रहरी कार्यालय महोतरीको निर्देशनमा कार्यक्रम रोक्न जाँदा स्थानीयले हातपात गरेका हुन ।बरिष्ठ सई यादवमाथी हातपात गर्ने ५ जनालाई नियन्त्रणनमा लिएर मुद्धा समेत चलाईएको छ ।कमिसन मागे कै भरमा प्रहरी माथी नै हातपात हुन्छ भने स्थानीय सर्वसाधारण कसरी सुरक्षित रहलान भन्ने प्रश्न जताततै उब्जीन थालेको छ ।भने जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्ल आफुलाई निकै आर्दशवादी र शक्तिशाली प्रहरी उपरिक्षक रहेको दाबी गरि रहँदा र कमिसन तथा घुस खाएको फेला परेमा हदै सम्मको कार्बाही गर्ने धम्की  लगाउँदै गर्दा उनको आँखै अगाडि बरिष्ठ सई यादवले कमिसन मागेर स्थानियले हातपात गर्नु हात्तिको देखाउने दाँत एउटा  र चपाउँने दाँत अर्काे त होईन् भन्दै स्थानीयले शंका गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech