सर्लाहीको हरिपूर्वा नगरपालिका ५ मा निर्माण भएको सोनफी आधारभूत विद्यालयको २ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेस्नल,ह्याण्डीक्याफ इन्टरनेस्नल,विश्व शिक्षा र राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र (आरआरपिके)को साझेदारीमा सञ्चालित ‘समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना’ अन्तर्गत विद्यालय भवन निर्माण गरिएको विद्यालयको २ कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साहको प्रमुख आतिथ्यतामा प्रधानाध्यापक विन्देश्वर साहलाई भवन हस्तान्तरण गरिएको हो । हरिपुर्वा नगरपालिका ५ का वडाध्यक्ष विजयभुषण प्रसाद साहको अध्यक्षतामा आयोजित भवन हस्तान्तरण कार्यक्रममा हरिपुर्वा नगरपालिका १ का वडाध्यक्ष श्यामबाबु राय, नगरपालिकाको शिक्षा शाखाका प्रमुख जनक काफ्ले,वल्र्ड भिजन इन्टरनेस्नलका संगिता मयुरलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
विभिन्न दातृ निकायहरुको सहयोगमा यसअघि पनि हरिपूर्वा नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अपाङ्गमैत्री विद्यालय भवन, शौचालयलगायतका संरचना निर्माण गरी हस्तान्तरण भई सकेको हरिपुर्वा नगरपालिकाको शिक्षा शाखाका प्रमुख काफ्लेले जानकारी दिनु भयो ।